NRN
एनआरएनए जापानमा चुनाबी सरगर्मी बढ्दै, उपाध्यक्ष पदमा दिपकको चर्चा चुलिंदै

- राजन घिमिरे

लामो समयदेखी जापानलाई कर्मथलो बनाउंदै आएका एक जना सामाजिक अभियन्ता हुन दिपक सुनार । उनी जापानको निगाता केनमा बस्दै आएका छन । सुरुवातको दिन देखि नै सामाजिक क्षेत्रमा सक्रिय रहदै आएका दिपकले एक कार्यकाल NRNA जापान निगाता क्षेत्रको संयोजक र एक कार्यकाल NRNA जापानको सह कोषाध्यक्ष र त्यस पछि सन २०२३-२०२५ को कार्यकाल कोषाध्यक्ष भई आफ्नो जिम्मेवारी पुरा गरि सकेका छन ।

सह कोषाध्यक्ष र कोषाध्यक्षको रुपमा काम गर्दै गर्दा धेरै कुराहरुको अनुभव र ज्ञान लिने मौका मिलिसकेको छ उनलाई । त्यही अनुभव र ज्ञानलाई आत्मसात गर्दै दिपकले यसलपटक NRNA जापानको सन २०२५ - २०२७ को कार्यकालका लागि उपाध्यक्षको पदमा उम्मेदवारी दिएका छन । “हाम्रो प्रतिबद्धता,पारदर्शि नेतृत्व र निःस्वार्थ सेवा” भन्ने मुल नारा बोकेर यस पटक पनि दिपकले NRNA जापानको चुनावी मैदान उत्रने निर्णयका साथ सन २०२५-२०२७ को उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन ।

उनि भन्छन -‘ अघिल्लो समयमा हजुरहरुले म प्रति देखाउनु भएको मायालाई यस पाली पनि आश गर्दै हजुरहरुको म प्रतिको विश्वासलाई रति पनि ड्गमगाउन दिने छैन भन्ने अठोट गर्न चहान्छु।यस पटकको निर्वाचनमा पनि यहाहरुले मलाई अत्यधिक मतका साथ विजयी गराई सम्पूर्ण जापानवासी नेपाली समुदायहरुलाई फेरी पनि सेवा गर्ने मौका दिनु हुनेछ भन्ने कुरामा पुर्ण विश्वस्त छु-‘ उनले भनेका छन । " -‘ ‘’ एक थुकी सुकी, सयौं थुकी नदि" भने जस्तै हजुरहरुको एक-एक भोट नै मेरो जीतको आधार बन्ने छ भन्ने कुरामा म पूर्ण विश्वस्त छु। हजुरहरुको म प्रतिको आशा र भरोसालाई कतिपनि डगमगाउन दिने छैन।

आफ्नो काम र कर्तव्य प्रति पूर्ण रुपमा बफादार भएर एउटा सिपाहीको रुपमा अबको दुई वर्ष NRNA जापानको विकास र जापानमा बस्दै आउनु भएको नेपालीको समस्यालाई समाधान गर्दै अगाडी बढ्ने कुरामा विश्वास दिलाउन चाहन्छु -‘ उनले भनेका छन । दिपकले निगाता क्षेत्रको संयोजक र NRNA जापानको सह कोषाध्यक्ष र कोषाध्यक्ष भएर काम गरेको अनुभवलाई आफ्नो कार्यकालमा पूर्ण रुपमा कार्यान्वन गर्ने प्रतिबद्दता ब्यक्त गरेका छन ।

उनले गएको कार्यकालमा सम्पन्न गर्न नसकेको योजनाहरु लाई पूर्ण रुपमा कार्य सम्पन्न गर्नको लागि पनि उपाध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेको बताएका छन । उनले NRNA जापान निगाता क्षेत्रको संयोजक ,एक कार्यकाल NRNA जापानको सह कोषाध्यक्ष र कोषाध्यक्ष भएर काम गरेको उचित मुल्यांकन गर्नु हुने छ भन्ने कुरामा पनि पूर्ण विश्वासका साथ मतदाताहरू माझ भोटको लागि अपिल गरेका छन । उनी निगाता लाईन्स क्लबका अध्यक्ष हुन भने कास्की पोखरा समाजका उपाध्यक्ष हुन ।

कोभिड १९ को महामारीमा जापानबाटै नेपालमा कोरोनाको सामग्री पठाएर उनले नेपाल र नेपालीप्रति गरेको माया र सदभाब अनि नेपालमा महाभूकम्प जाँदाखेरि नेपालमा जापानबाटै दिएको साथ र हातको आज पनि चर्चा हुने गरेको छ । मनकारी मन र देशप्रति उनले निभाएको कर्तब्य सांच्चै प्रशंसा गर्न लायकको छ ।

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update