कांग्रेसको सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
नेपाली कांग्रेसको १५ औं महाधिवेशनका लागि सभापति पदमा गगन थापाले उम्मेदवारी दर्ता गरेका छन्। आज साँझपख राष्ट्रिय सभागृह पुगेर थापाले सभापति पदमा उम्मेदवारी दर्ता गरेका हुन्।
निर्वाचन समितिले वर्षाका कारण केही आकांक्षीले उम्मेदवारी दिन छुटेको हुन सक्ने भन्दै समय बढाएर बेलुकी ७ बजेसम्म उम्मेदवारी दर्ता कायमै राख्ने जनाएको छ। थापा गत पुसमा विशेष महाधिवेशन गरी सभापति बनेका थिए। १४ औं महाधिवेशनमा उनी महामन्त्री निर्वाचित भएका थिए। १३ औं महाधिवेशनमा भने उनी महामन्त्रीमा पराजित भएका थिए।
प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३ १८:२७
प्रतिक्रिया दिनुहोस्


