NRN
एनआरएनए जापानको उपाध्यक्षमा दिपक सुनार शानदार बिजयी

- राजन घिमिरे

लामो समयदेखी जापानलाई कर्मथलो बनाउंदै आएका एक जना सामाजिक अभियन्ता हुन दिपक सुनार । गैह्र आबासीय नेपाली संघ जापानको आइतबार सम्पन्न निर्बाचनमा उपाध्यक्ष पदमा दिपकले शानदार बिजयी हांसिल गरेका छन । जापानको निगाता केनमा बस्दै आएका उनी सुरुवातको दिन देखि नै सामाजिक क्षेत्रमा सक्रिय नेपाली हुनं । दिपकले एक कार्यकाल NRNA जापान निगाता क्षेत्रको संयोजक र एक कार्यकाल NRNA जापानको सह कोषाध्यक्ष र त्यस पछि सन २०२३-२०२५ को कार्यकाल कोषाध्यक्ष भई आफ्नो जिम्मेवारी पुरा गरि सकेका छन ।

अब भने उनी सस्थालाई उपाध्यक्षको रूपमा हांक्न बलियो भएर अगाडि बढ्ने छन । सह कोषाध्यक्ष र कोषाध्यक्षको रुपमा काम गर्दै गर्दा धेरै कुराहरुको अनुभव र ज्ञान लिने मौका मिलिसकेको छ उनलाई । त्यही अनुभव र ज्ञानलाई आत्मसात गर्दै दिपकले यसलपटक NRNA जापानको सन २०२५ - २०२७ को कार्यकालका लागि बिजयी हांसिल गरे पछि अब उपाध्यक्षको पदमा जिम्मेवारी पाएका छन-‘ हाम्रो प्रतिबद्धता,पारदर्शि नेतृत्व र निःस्वार्थ सेवा” भन्ने मुल नारा बोकेर यस पटक म NRNA जापानको चुनावी मैदान उत्रिएको थिए । म मेरा बाचा र प्रतिबद्धताहरू पुरा गर्न लागि पर्ने छु -‘ उनले जितपछि प्रतिक्रिया दिएका छन ।

उनले भनेका छन -‘ आफ्नो काम र कर्तव्य प्रति पूर्ण रुपमा बफादार भएर एउटा सिपाहीको रुपमा अबको दुई वर्ष NRNA जापानको विकास र जापानमा बस्दै आउनु भएको नेपालीको समस्यालाई समाधान गर्दै अगाडी बढ्ने कुरामा विश्वास दिलाउन चाहन्छु -‘ । कोभिड १९ को महामारीमा जापानबाटै नेपालमा कोरोनाको सामग्री पठाएर उनले नेपाल र नेपालीप्रति गरेको माया र सदभाब अनि नेपालमा महाभूकम्प जाँदाखेरि नेपालमा जापानबाटै दिएको साथ र हातको आज पनि चर्चा हुने गरेको छ । मनकारी मन र देशप्रति उनले निभाएको कर्तब्य सांच्चै प्रशंसा गर्न लायकको छ । हार्दिक बधाई दिपक सुनार ।

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update