एक भए एनआरएनए : यिनीहरू चुनाब लडन पाउंने छैनन्
- राजन घिमिरे
गैर आवासीय नेपाली संघ (एनआरएनए) मा आइतबार गरिएको बृहत् एकता घोषणापछि स्टेरिङ कमिटी सार्वजनिक गरिएको छ। आगामी महाधिवेशनसम्म डा. बद्री केसी र महेश श्रेष्ठले संघलाई संयुक्त नेतृत्व दिनेछन्। महाधिवेशनको तयारीका लागि ११ सदस्यीय स्टेरिङ कमिटी गठन गरिएको छ। स्टेरिङ कमिटीमा डा. बद्री केसी (रुस), महेश श्रेष्ठ (जापान), रतन झा (अमेरिका), गौरीराज जोशी (अमेरिका), गंगाधार गौतम (बेल्जियम), विनोद श्रेष्ठ (अस्ट्रेलिया), भवानी ओली (अस्ट्रेलिया), आरके शर्मा (कतार), विनोद कुँवर (कोरिया) र बीआर लामा (अमेरिका) रहेका छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२ १२:३५
प्रतिक्रिया दिनुहोस्


