क्रिकेट मैदानमा ब्याट र बलको रोमाञ्च त छँदै छ, अब उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको हातमा चाँदीको बलसमेत चम्किने भएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा क्रिकेटको उत्साहलाई थप उचाइ दिन एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ पुरस्कारमार्फत उत्कृष्ट खेलाडीलाई चाँदीको बल दिने भएको हो ।
आठ टोली सहभागी एनपीएलको तेस्रो संस्करणमा एक्स्ट्रिमले सात टोलीसँग प्रायोजन साझेदारी गरेको छ । ती सात टोलीका उत्कृष्ट खेलाडीलाई ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ अन्तर्गत चाँदीको बल प्रदान गरिनेछ । यस पुरस्कारको रोचक पक्ष के छ भने एक्स्ट्रिमले प्रायोजन गरेका दुई टोलीबीच प्रतिस्पर्धा हुँदा जित्ने टोलीका खेलाडी मात्रै होइन, दुवै टोलीबाट उत्कृष्ट प्रदर्शन गर्ने एक–एक खेलाडी चाँदीको बलबाट सम्मानित हुनेछन् ।
खेलाडीको उत्कृष्ट प्रदर्शनलाई सम्मान गर्दै उनीहरूमा थप उत्साह र प्रतिस्पर्धात्मक भावना जगाउने एक्स्ट्रिमको यस पहलले एनपीएलको रोमाञ्च अझ बढाउने अपेक्षा गरिएको छ । साथै, नेपाली क्रिकेटप्रतिको बढ्दो आकर्षण र समर्थकको उत्साहमा थप ऊर्जा दिने विश्वास कम्पनीले व्यक्त गरेको छ । अब एनपीएलको मैदानमा प्रतिस्पर्धा जित्ने लक्ष्यसँगै उत्कृष्ट प्रदर्शनबाट चाँदीको बलमा आफ्नो नाम जोड्ने अवसर पनि खेलाडीका लागि अर्को आकर्षण बनेको छ ।


