
- राजन घिमिरे
एनआरएनए जस्तो परोपकारी अभियान भित्र रहेर केही गरौ र सबैलाई एक पारौ भन्ने मनकारी र उच्च सोचमा लागि परेका छन एनआरएनएका उपाध्यक्ष हुन रोबिन शेरचन । जापानमा रहेर अतिथी सत्कार व्यबसायमा लागि परेका रोविन शेरचन एनआरएनए अभियानको नेतृत्वमा उनी पहिलो पटकको दौडमै उपाध्यक्षमा पदमा चुनिएका थिए । एनआरनए अभियानमा जोडिएको लामै भएपनि नेतृत्वको होडमा पहिलो कार्यकाल शेरचनका लागि सोचे अनुरुप हुन सकेन । संसारभरका साथीभाई मार्फत चुनिए तर, सोचे अनुरुपको कार्य गर्न पाएनन ।
सेवा र सदभावका दृष्टीमा अभियानमा महत्वपुर्ण भुमिका निभाएपनि आफै भित्रको खिचातानी र बिवादमा रुमल्लीदै शेरचनले उपाध्यक्षको जिम्मेबारीलाई सफलताका साथ निभाएकै छन । तर उनले सोचेको र खोजेको परोपकारी अभियानलाई निरन्तरता दिने कुरामा भने उनि सन्तुष्ट छैनन । यतिबेला एनआरएनको निर्वाचनको तिथिमिती सार्वजनिक भैसकेको छ । यसै बिच पनि एकता खोज्ने र परोपकार रोज्ने अभियन्ताहरुको एक हुल नेतृत्वमा जान तम्तयार देखिएका छन । यसै अभियानका एक अभियन्ता हुन रोविन शेरचन ।
मुलुकका लागि केहि गर्नु पर्छ र यो परापकारी अभियानलाई पुन जागृत गर्नु पर्छ भन्ने सोचका साथ आफू एनआरएनमा उमेदबार बनेको र फेरी पनि अध्यक्षको दाबेदारका रुपमा पस्तुत हुने सोचमा रहेको बताएका छन । उनी भन्छन -‘ यो मेरो मातृभुमिप्रतिको लगाव र संसारभर छरिएर रहेका नेपालीलाई एउटै छाता मुनी एकताबद्ध गर्ने सोचको परिणाम पनि हो ।
हिजो के भयो , किन बिवादित बन्न पुग्यो, गल्ती कसको भन्नेतिर औला सोझयाउन थालियो भने यो बिवाद कहिले समाधान हुदैन, सबै कुरा बिर्सेर आउनुहोस एक भएर अगाडि बढौ भन्ने नया सोचका साथ मेरो दाबेदारी हुनेछ -‘ शेरचन भन्छन । मुद्दा अदालतमा बिचाराधिन भएतापनि हाम्रा आवाजहरु कसैले रोक्न र छेक्न नसक्ने धारणा उनी राख्छन र, भन्छन -‘ हाम्रा कयैन मुद्दाहरु थाती छन, नागरिकताको टुंगो लाग्न सकेको छैन,लगानीका बिषयमा अप्ठायाराहरु कायमै छन, नागरिकता पाएर पनि भिषा लिनुपर्ने अवस्था छ अनि लगानीका कयैन संभावनाहरुका ढोका खोल्नु छ ।
हामी आफैमा मेरो र तेरो भनेर धारे हात लगाएर हिडेका छौ, यो अहिलेको बिडम्बना हो-‘ उनको भनाई छ । उनि थप्छन -‘ मेरो सबै साथीहरुलाई एउटा प्रश्न छ, परोपकारी अभियानमा के का लागि बैमनष्यता । हिजो म एनआरएनमा नहुँदा पनि जन्मेको गाउँ र हुर्केको ठाउँ संझेर कयौ सहयोग गरिरहेको थिए । त्यती बेला मलाइ पद चाहिएको थिएन तर अहिले साथी भाइहरुको सल्लाह र सुझाब मानेर उपाध्यक्षमा आए, अभियानमा जुटिरहेको छु । मेरो एउटै आग्रह छ स्वार्थ र राजनिती छाडेर यो बिशुद्धमुलुकसँग जोडने र जोडिने महाअभियानमा सबै लागौं-‘ रोबिन भन्छन ।