NRN
एनआरएनए जापानको अध्यक्षका उम्मेदवार सिद्धार्थ श्रेष्ठको  प्रश्न  : म माथि किन आक्रमण ?

- राजन घिमिरे

गैह्र आबासीय नेपाली संघ जापानको सन (२०२५ - २०२७ ) को कार्यकालका लागि जुलाई २७ का दिन जापानमा चुनाब हुन लागेको छ । यही चुनाबमा सिद्धार्थ श्रेष्ठले आफूलाई अध्यक्षको रूपमा उम्मेदवारी दिएका छन । उनको यो उम्मेदवारीप्रति जापानमा रहनु हुने नेपालीहरूले सकारात्मक रूपमा हेरिरहेका छन । जापानमा रहेर लामो समयदेखी नेपाली समाज र समुदायको हक र हितको पक्षमा लागि पर्दै आएका उनलाई चुनाबकै मुखमा आएर केही आक्रमण र आक्षेप आउन थालेपछी सिद्धार्थले गुनासो र आग्रह गरेका छन ।

सामाजिक सन्जालना लेख्दै उनले भनेका छन -‘ म यो संस्थामा लामो समयदेखि पसिना बगाउँदै आएको छु, समय पनि पर्याप्त नै खर्चिएको छु। मेरो कुनै व्यक्तिगत स्वार्थ छैन। म नितान्त स्वच्छ समाज निर्माणको लक्ष्य लिएर लागिरहेको छु, जसमा सम्पूर्ण जापानबासी नेपालीहरूले अपनत्व र अभिभावकत्वको अनुभूति गरून-‘ उनले अगाडि भनेका छन -‘ को कसले कहाँ गएर जाँड खायो, कहाँ कसले थप्पड खायो, को कसको खुट्टा ढोग्यो, कसले भिडियो खिच्यो र त्यसलाई कसले बाहिर ल्यायो? यस्ता विषय ती घटनामा संलग्न व्यक्तिहरूको विषय हुन्।

ती घटनाहरूको जिम्मेवारी ममाथि नथोपारिन अनुरोध गर्दछु-‘ । -‘ म स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचनको पक्षमा छु। निर्वाचनबाट जे परिणाम आउँछ, म त्यसलाई सहर्ष स्वीकार्न तयार छु। यदि समाजले मलाई पराजित गरेछ भने म त्यसलाई “मेरा लागि बेला भएको रहेनछ ” भनेर स्वीकार्छु। म जित्न र हार्न दुवैका लागि तयार भएर उम्मेदवार मनोनयन गरेको हो-‘ उनले भनेका छन । सिद्धार्थ अगाडि भन्छन -‘ म आफ्ना विचार, एजेन्डा र दृष्टिकोण लिएर आएको हुँ। अरूको कमजोरी खोज्न आवाश्यक देख्दिन। भिडियोलाई हतियार बनाएर म तिर लक्षित गरी आक्रमण नगर्न विनम्र अनुरोध गर्दछु-‘ ।

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  ०९:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update