भोलिदेखी संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस
काठमाडौँ । सरकारले सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले असोज १६ गतेदेखि अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै त्यसका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।
संवैधानिक व्यवस्थाअनुसार सङ्घीय संसद्को अधिवेशन आह्वान तथा अन्त्य राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा गर्ने प्रावधान छ। सङ्घीय संसद्को वर्तमान अधिवेशन गत वैशाख २८ गतेदेखि सुरु भएको थियो। यस अवधिमा प्रतिनिधि सभाका विभिन्न समितिमा दश वटाभन्दा बढी विधेयक विभिन्न चरणमा छलफल तथा विचाराधीन अवस्थामा छन्।
सरकारको सिफारिस राष्ट्रपतिबाट स्वीकृत भएपछि असोज १६ गतेदेखि संसद्को चालु अधिवेशन औपचारिक रूपमा अन्त्य हुनेछ ।
प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३ ११:५७
प्रतिक्रिया दिनुहोस्


