NRN
एनपिएलमा आज दुई खेल हुदै

त्रिवि मैदान कीर्तिपुरमा मध्याह्न साढे १२ बजे विराटनगर किंग्स र चितवन राइनोज भिड्दैछन्।

राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरमा आन्द्रे रसेल, एन्जेलो म्याथ्युज र चरिथ असलंकाजस्ता विदेशी खेलाडी छन्। अघिल्लो सिजनमा किंग्स दोस्रो क्वालिफायरसम्म पुगेको थियो। पहिलो क्वालिफायरलमा सुदूरपश्चिम र दोस्रो क्वालिफायरमा लुम्बिनीसँग पराजित भएपछि फाइनल खेल्न पाएन।

चितवन राइनोज अघिल्लो सिजनमा प्लेअफ नपुगी बाहिरिएको थियो। यसपालि चितवनमा सिकन्दर राजा र रवि बोपाराजस्ता अनुभवी विदेशी खेलाडी छन्। दोस्रो खेल अपराह्न साढे ४ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुनेछ।

 

 

प्रकाशित मिति: मंगलबार, कात्तिक १०, २०८३  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update