NRN

Holi-1770374297.jpg
काठमाडौ, रंगहरूको पर्ब मानिने होली नजिकिंदै गर्दा यस सम्बन्धि बिभिन्न कार्यक्रमहरूको आयोजना हुने क्रम पनि बढ्न थालेको छ । नेपालसंगै प्रबासमा पनि यस सम्बन्धि कार्यक्रमहरूको आयोजना हुने क्रममा अष्ट्रेलियाको सिड्नीमा पनि सिड्नी होली धमाका हुने भएको छ । सगुन ग्रुपले प्रस्तुत गरेको सिड्नी होली धमाका निकै भब्य र सभ्य तरिकाले आयोजना हुने भएको छ भने यो कार्यक्रम फ्रेबुअरी २८ तारेखका दिन सिड्नीको ग्रानभिल पार्कमा आयोजना गरिंदै छ ।

कार्यक्रम हेर्न जान कुनै टिकट लाग्ने छैन । सगुन ग्रुपका सन्चालक भूषण कक्षपतिले कार्यक्रम निःशुल्क हेर्न पाईने जानकारी दिएका छन । सिड्नी होली धमाकामा कार्यक्रममा करन भट्ट , डिजे नटकेस ,मुक्ति एण्ड रिवायलका ड्रमर निखिल तुलाधर लगायत स्थानिय कलाकारहरूको बिभिन्न प्रस्तुतिहरू समेटिने भएका छन । लामो समयदेखी नेपाली स्वाद र परिकारलाई नेपालबाट लगेर पुरा अष्ट्रेलिया फैलाईरहेको सगुन ग्रुपले अबदेखी अष्ट्रेलियामा होली कार्यक्रमको आयोजनालाई हरेक बर्ष निरन्तरता दिने जानकारी भूषण कक्षपतिले गराएका छन ।

सगुन ग्रुपले सिड्नीमा गर्ने सिड्नी होली धमाका कार्यक्रमको इन एसोसिएसन विथ अर्बन नेप्लिज कम्यूनिटी र इभेन्ट मेनेज्मेन्ट वाई उषा किरण बारिया रहेका छन ।

 
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update