NRN
अष्ट्रेलियामा ५० भन्दा धेरै ‘तीज साँझ’ कार्यक्रम हुंदै, सिड्नीको इन्द्रेणी फंसन सेन्टरमा अगस्ट २२ मा

तीजको अवसरमा अस्ट्रेलियाका विभिन्न सहरमा ‘ तीज साँझ २०२६ ‘ नामक सांगीतिक कार्यक्रमको आयोजना हुने भएको छ ।यो अष्ट्रेलिया टुर कार्यक्रमको आयोजक दिदी बहिनी इभेन्टस हो । यो इभेन्टसले यस अघि पनि यस्ता थुप्रै कार्यक्रमहरूको आयोजना सफलताका साथ सम्पन्न गरिसकेको छ ।

कार्यक्रमकी आयोजक एवं गायिका विन्दु पौडेलले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइन् -‘ हामी यो कार्यक्रमलाई ऐतिहासिक बनाउन लागि परेका छौं । अस्ट्रेलियाभर ५० भन्दा बढी कार्यक्रम प्रस्तुत गरेर प्रवासमा यस्तो बेजोड कार्यक्रमको आयोजना पनि गर्न सकिन्छ भनेर उदाहरण पनि प्रस्तुत गर्ने छौं’ उनले भनिन् ।

तीज साँझ अष्ट्रेलिया टूर २०२६ नामको यो कार्यक्रममा पशुपति शर्मा , देबी घर्ती, राधिका हमाल , प्रताप दास, एलिना चौहान , अर्जुन सापकोटा, अञ्जली अधिकारी,निशा केसी,रूबिना अधिकारी र दीपिका बोयम्बु लगायतले सांगीतिक प्रस्तुति दिने भएका छन् । कार्यक्रम अगस्ट १५ तारिखदेखि सुरु भएर सेप्टेम्बर १४ तारिखमा समापन हुनेछ ।

सिड्नी, पर्थ, मेलबर्न, तास्मनिया, ब्रिसबेन, क्यानबेरा, सनसाईन कोष्ट , टमवर्थ,ब्रटहस्ट,नोरा,गोलबर्न,सिपपर्टन, वागा वागा, आर्मीडेल, न्यू कासल र उलंगन लगायतका शहर र स्थानमा कार्यक्रमको आयोजना हुने भएको छ ।

 

 

प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update