NRN

Pramaj-1766902635.jpg
अन्तत: अष्ट्रेलिया ( सिड्नी ) का प्रमेज धामी युबा उप संयोजकको रूपमा मनोनित भएका छन । प्रमेज धामीलाई ओसिनिया क्षेत्र (अष्ट्रेलिया, न्यूजील्यान्ड, PNG आदि) का लागि गैर-आवासीय नेपाली संघ (NRNA ) अन्तर्गत युवा उप-संयोजकको रूपमा मनोनित गरिएको हो ।

अष्ट्रेलिया, सिड्नी निवासी प्रमेज युवा माझ परिचित नाम हुन् । सामाजिक अभियन्ताको रूपमा बिशेष र बिशिष्ठ पहिचान बनाएका उनी नेपाली चलचित्र वितरक ,कलाकार र निर्माता पनि हुन । अष्ट्रेलियामा नेपाली सिनेमाको बजार बिस्तार गर्न लागि परेका उनी यतिबेला चलचित्र आ बाट आमालाई पुरा अष्ट्रेलिया बितरण गर्दै छन । प्रमेज ले ICC अध्यक्ष महेश श्रेष्ठप्रति आफूमा विश्वास देखाएकोमा धन्यवाद व्यक्त गरेका छन ।

उनी विश्वव्यापी नेपाली समुदायमा योगदान गर्न उत्साहित छन् र युवा नेतृत्वमा नयाँ ऊर्जा थप्ने योजना बनाइरहेका छन् -‘ मैले पाएको पदको सही सदुपयोग गर्दै म नेपाली चलचित्र, भाषा र संस्कृतिलाई प्रबासमा बिस्तार गर्न लागि पर्ने छु -‘ प्रमेजले भनेका छन ।

 
प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update