NRN
एनपिएलमा बिहिबार दुई खेलः काठमान्डु गोर्खाज - पोखरा र चितवन - सुदूरपश्चिम भिड्दै

नेपाल प्रिमियर लिग अन्तर्गत बिहिबार दुई खेल हुँदैछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पौने १२ बजे पहिलो र अपराह्न ४ बजे दोस्रो खेल हुँदैछ।

पहिलो खेलमा काठमान्डु गोर्खाज र पोखरा एभेन्जर्स भिड्दै छन् भने दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ।

काठमान्डुले आज लिग चरणको अन्तिम खेल खेल्न लागेको हो। ऊ ६ खेलबाट ४ खेल जित्दै ८ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा छ। आजको खेल जित्न सके काठमान्डुले प्लेअफमा स्थान सुरक्षित गर्नेछ।

पोखरा एभेन्जर्सले छैटौं खेल खेल्दैछ। पोखरा पाँचमध्ये २ खेल जितेर चार अंक जोड्दै पाँचौं स्थानमा छ। आजको खेल उसका लागि प्लेअफमा पुग्ने सम्भावना जीवित राख्नका लागि महत्त्वपूर्ण छ।

दोस्रो खेलमा भिड्न लागेको सुदूरपश्चिम रोयल्स अहिलेसम्म अपराजित छ। आज उसले छैटौं खेल खेल्दैछ। सुदूरपश्चिम १० अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ। उसले प्लेअफमा स्थान पनि सुरक्षित गरिसकेको छ।

चितवन राइनोजले पनि  छैटौं खेल खेल्दैछ। उसले २ खेल जितेर ४ अंक जोड्दै छैटौं स्थानमा छ।  चितवनका लागि पनि प्लेअफमा पुग्न आजको खेल महत्त्वपूर्ण छ।

काठमाडौं गोर्खाजका कप्तान करण केसी हुन्। टोलीमा करण केसी (कप्तान), मोहम्मद आदिल आलम, शाहब आलम, बेन चार्ल्सवर्थ, गेरहार्ड इरासमस, दीपेश कँडेल, मिलिन्द कुमार, राशिद खान, उत्तम मगर (विकेटकिपर), सन्नी पटेल, भीम शर्की, जोन सिम्पसन (विकेटकिपर), प्रतीक श्रेष्ठ, आकाश त्रिपाठी, तुल बहादुर थापा, रिकार्डो भास्कोनसेलोस (विकेटकिपर),सन्तोष यादव र सोनु देवकोटा समावेश छन्। पोखरा एभेन्जर्सको कप्तानी कुशल भुर्तेलले गर्नेछन्। टोलीका खेलाडीहरूमा कुशल भुर्तेल (कप्तान), आकाश चन्द, सन्दीप क्षेत्री, त्रित राज दास, डान डाउथवेट, सागर ढकाल, दिनेश खरेल, विपिन खत्री, अर्जुन कुमाल, जेम्स नीशम, कृष्ण पौडेल, रेमन राइफर, एडम रोसिङ्टन (विकेटकिपर), जेसन रोय, किरण ठगुन्ना र अभिषेक तिवारी छन्।

सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्र सिह ऐरीले गर्नेछन्। यस टोलीमा दीपेन्द्र सिंह ऐरी (कप्तान), विनोद भण्डारी (विकेटकिपर), अविनाश बोहरा, दीपक बोहरा (विकेटकिपर), मिलन बोहरा, जोश ब्राउन, हेमन्त धामी, स्कट कुगेइलिन, क्रिस लिन, हिम्मत महरा, ईशान पाण्डे, टेक रावत (विकेटकिपर), नरेन साउद, हर्मीत सिंह, आरिफ शेख र दीपेन्द्र थापा (विकेटकिपर) रहेका छन्।

चितवन राइनोजको कप्तानी कुशल मल्लले गर्नेछन्। यस टोलीमा कुशल मल्ल (कप्तान), विपिन आचार्य, कमल सिंह ऐरी, दीपक बोहरा, रवि बोपारा, रिजन ढकाल, सौगात ढकाल, गौतम केसी, देव खनाल, रञ्जित कुमार, डेविड मलान, अल्पेश रामजानी, अमरसिं रटेउला, विपिन रावल (विकेटकिपर), अर्जुन साउद (विकेटकिपर), सोहेल तनवीर र सैफ जैब समावेश छन्।

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update