नेपाली बजारमा आज सुन/ चाँदीको कारोवार
नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ बढेको छ भने चाँदी घटेको छ।
सोमबार तोलामा तीन हजार रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला आठ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८२ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ।
सोमबार सुन प्रतितोला दुई लाख ८१ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य भने घटेको छ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १०, २०८३ ११:४८
प्रतिक्रिया दिनुहोस्


