NRN
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को  खेल तालिका सार्वजनिक

अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ।

सार्वजनिक खेल तालिकाअनुसार पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, चितवन राइनोज, कर्णाली याक्स, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिता अवधिभर दैनिक एउटा मात्र खेल हुने दिन दिउँसो साढे बजेदेखि खेल सुरु हुनेछ। दैनिक दुई खेल हुने दिन पहिलो खेल दिउँसो साढे १२ बजे र दोस्रो खेल दिउँसो साढे ४ बजेदेखि सञ्चालन हुने तालिकामा उल्लेख छ। खेल अवधिमा अक्टोबर ३० तथा नोभेम्बर ४, ८ र ११ तारिख विश्राम दिन तोकिएको छ।

प्रकाशित मिति: आइतबार, असोज ४, २०८३  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update