NRN
एन्फाका वरिष्ठ उपाध्यक्ष खड्का आगामी साधारण सभासम्मका लागि निलम्बन

अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का निलम्बनमा परेका छन् ।

शुक्रबार बसेको एन्फाको आकस्मिक कार्यसमिति बैठकले खड्कालाई आगामी साधारण सभासम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।

कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहँदा खड्काले करिब दुई साताअघि एन्फाका महासचिव किरण राईलाई पदबाट निलम्बन गरेका थिए ।

त्यसपछि शुक्रबार राईले नै वरिष्ठ उपाध्यक्ष खड्कामाथि अनुशासनसम्बन्धी कारबाही गर्ने एजेन्डासहित दिउँसो १ बजे आकस्मिक बैठक आह्वान गरेका थिए ।

उक्त बैठकले एन्फाको विधानको धारा ३८ को १४ अनुसार खड्कालाई निलम्बन गर्ने निर्णय गरेको एन्फाले जानकारी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update