आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले कप्तान रोहितकुमार पौडेलको शतकमा घरेलु टोली युएईलाई २३४ रनको लक्ष्य दिएको छ ।
दुबईस्थित आईसीसी एकेडेमीमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० अेभरमा सबै विकेट गुमाएर २३३ रन बनायो ।
नेपालको लागि कप्तान पौडेलले शानदार ईनिङ खेले । उनले १३० बलमा पाँच चौका र एक छक्का प्रहार गर्दै १०९ रन बनए ।
यस्तै, ओपनर आसिफ शेखले ४८ बलमा ३५ रन, आरीफ शेखले ४२ बलमा २७ र दिपेन्द्र सिंह ऐरीले २८ बलमा २३ रन जोडे । त्यसैगरी करण केसीले ८ बलमा १३ रन बनाउँदा कुशल भुर्तेलले १२ बलमा ७ रन र भिम सार्कीले १३ बलमा ३ रन बनाएर आउट भए ।
खेलका लागि नेपाली टोली : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), दीपेन्द्रसिंह ऐरी, भीम सार्की, आरिफ शेख, रोहित पौडेल (कप्तान), गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी ।
शृंखलामा आज नेपाल पहिलो जितको खोजीमा छ । यसअघि नेपाल पहिलो खेलमा अमेरिकाविरुद्ध १०६ रनले पराजित भएको थियो ।
नेपालले अब बिहीबार युएई, शनिबार अमेरिका र सोमबार युएईसँग खेलेपछि यो वर्षको सबै लिग-२ का खेल सक्नेछ ।


