NRN
सिड्नीमा एन्टाले गर्ने भयो पारिवारिक भेटघाट तथा स्वागत र सम्मान

- राजन घिमिरे

सिड्नी, (अष्ट्रेलिया) । Association of Nepal Terai in Australia (ANTA) संस्थाले पारिवारिक भेटघाट तथा बारबिक्यु कार्यक्रमको आयोजना गर्ने भएको छ ।

ANTA का उपाध्यक्ष परमानन्द शाहले अगष्ट १४ तरिक आइतबार सिड्नीको Parramatta Park स्थित Bunmarra Picnic Shelter मा पारिवारिक भेटघाट तथा बारबिक्यु कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिएका छन ।

सन् २००८ मा स्थापित यो संस्थाले हरेक वर्ष भेषभूषा, संस्कार र चाडपर्वलाई एउटै स्थानमा सबै मिलेर मनाउने परम्परा स्थापना गरेको उपाध्यक्ष शाहको भनाइ छ । साथै, समुदायका साना नानीबाबुहरूमा मातृभाषा र संस्कृति प्रतिको नजिकपना बढाउने उद्देश्यले यस्तो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

Open photo

यस संस्थाका अध्यक्ष रञ्जित शाह हुन्, जो एक सफल व्यवसायी तथा लोकप्रिय समाजसेवी समेत हुन् । ANTA ले नेपाली समुदायमा भाइचारा र आपसी सद्भाव बढाउनुका साथै सँगै बसेर रमाइलो गर्ने र परिवारबीचको सम्बन्ध प्रगाढ बनाउने हेतुले सामूहिक पिकनिक कार्यक्रम आयोजना गर्दै आएको छ ।

उपाध्यक्ष शाहले यही अगष्ट १४ तरिकमा आयोजना हुने कार्यक्रममा प्रवेश शुल्क र खानपानको व्यवस्था निःशुल्क रहेको साथै बालकालिकाका लागि विभिन्न रमाइला कार्यक्रमको आयोजना गरिने जानकारी दिएका छन् ।

कार्यक्रममा संस्थाले आजिवन सदस्यहरूलाई सम्मान, नवनिर्वाचित एनआरएनए अभियन्ताहरूलाई स्वागत तथा शुभकामना दिने कार्यक्रम पनि गर्ने भएको छ ।

ANTA ले नेपालमा बाढीपहिरो, आगलागी जस्ता प्राकृतिक विपदमा तत्काल सहयोग पुर्‍याउने तथा विपन्न विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । संस्थामा व्यवसायी, बुद्धिजीवी, समाजसेवीहरूको समेत सशक्त सहभागिता रहँदै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update