NRN
जसले चुनाब त हारे तर मन जिते

- राजन घिमिरे

उमेर जति परिपक्क छ , बौद्धिकता, सोच र ब्यबहार त्यो भन्दा बढी रहेछ भन्ने प्रमाण यस पटक भैरब ढकालले प्रस्तुत गरेका छन् । हुन त उनले चुनाब हारेका हुन, त्सो त गणितीय हिसाबले चुनाब हारे पनि उनले ब्यक्त गरेको भाबना , सामूहिक बचनबद्दता र बिचारले अष्ट्रेलियाका मतदाताहरूको मन जितेका छन ।

प्रतिस्पर्धामा हार जित हुन्छ । यो ठूलो कुरा होइन , तर यात्रामा आफ्नो संस्कार र सोचमा हार्नु हुंदैन भन्ने प्रमाण एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदका प्रत्यासी ढकालले राम्रोसंग प्रस्तुत गरेका छन । ढकालले आफ्नो हार स्विकार पछि ब्यक्त गरेको अभिब्यक्तिले यतिबेला अष्ट्रेलियाका एनआरएनए मतदाताहरूको मन र भाबना जितेका छन -‘ एनआरएनए अध्यक्षको निर्वाचनमा म विजयी हुन सकिनँ, तर यो यात्रामा साथ र समर्थन गर्ने सबैलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु-‘ उनले भनेका छन ।

ढकालले मतदाताहरू, आफ्नो समर्पित टिम, वरिष्ठ साथीहरू, सम्पूर्ण राज्य टोलीहरू र पत्रकारहरूलाई धन्यबाद दिंदै निर्वाचन आयोगप्रति समेत विशेष आभार प्रकट गरेका छन् -‘ निष्पक्ष र पारदर्शी रूपमा निर्वाचन सम्पन्न गर्नुभएकोमा बिशेष आभार -‘ उनले भनेका छन । आफू हारे पनि ढकालले अगाडि भनेका छन -‘ हामी सबै मिलेर हाम्रो विश्वव्यापी नेपाली समुदायको हितमा अझ राम्रो काम गर्न सधैं प्रतिबद्ध रहौं। शुभकामना एवं सम्पुर्णलाई धन्यवाद -‘ ।

चुनाब आफ्नो पक्षमा नआउना साथ सस्था र प्रकृयाकै बिरोध गरेर तथानाम भन्ने गलत संस्कार हुर्किरहेको समयमा अष्ट्रेलियाबाट अध्यक्षका प्रत्यासी भैरब ढकालले यस्तो मन छुने अभिव्यक्ति आएपछी यतिबेला अष्ट्रेलियामा उनको तारिफ र प्रशंसा गर्नेहरूको जमात बढ्न थालेको छ -‘ भैरब ढकालबाट आजको पुस्ताले सिक्नु र जान्नु पर्छ -‘ उनको बारेमा यस्तै आबाजहरू गुन्जन थालेका छन ।

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update