
- राजन घिमिरे
गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको २०२५–२७ कार्यकालका लागि जुलाई २६ मा हुने निर्वाचनको पूर्वसन्ध्यामा NSW राज्य संयोजक पदकी महिला उम्मेदवार उषाकीरण बारिया बलियो प्रत्याशीका रूपमा उभिएकी छन् ।
समाजसेवा, महिला सशक्तिकरण र घरेलु हिंसा विरुद्धको अभियानमा लामो समयदेखि सक्रिय रहेकी बारिया समुदायमा लोकप्रिय छविका साथ चुनावी मैदानमा उत्रिएकी हुन् ।
उनले भनिन्, “म संयमित छु र नतिजाको पर्खाइमा छु । कृपया मेरो टिमलाई मत दिएर सहयोग गरिदिनुहोस् । म गुन सम्झनेछु र सधैं समुदायको सेवामा समर्पित रहनेछु ।”
गायक, कलाकार, समाजसेवी, व्यवसायी र युवाहरुको उल्लेख्य समर्थन पाएकी बारियाले महिला सहभागिता र नेतृत्वलाई सुदृढ बनाउन आफू अग्रपंक्तिमा रहने स्पष्ट पारिन् ।
उनको प्रतिबद्धता यस्तो छ — “घरेलु हिंसा विरुद्धको हरेक अभियानमा म अग्रसर हुनेछु ।”