NRN
अष्ट्रेलियाको फिन कनेक्स फाइनान्सियललाई नेशनल मोर्गेज बिजनेस अवार्ड २०२५

- राजन घिमिरे

फिन कनेक्स फाइनान्सियलले २०२५ को नेशनल मोर्गेज ब्रोकिंग ड्राईभर्सफिल्ड बिजनेस अवार्ड प्राप्त गरेको छ ।

यस पुरस्कारले उनीहरूले लोन सम्बन्धि उत्कृष्ट सेवा प्रदान गर्न सफल भएको देखाएको हो । यो सम्मान अष्ट्रेलियाको प्रोफेशनल संगठन, मोर्गेज एण्ड फाइनान्स एसोसिएसन अफ अष्ट्रेलिया (MFAA) द्वारा प्रदान गरिएको हो ।

MFAA ले यस संस्थालाई सिड्नी, क्यानभेराका साथै अन्य प्रमुख शहरहरूमा उत्कृष्ट सेवा दिने आधारमा यो पुरस्कार दिएको हो ।

फिन कनेक्सले विगत पाँच वर्षदेखि लोन सम्बन्धि कार्य गर्दै आएको छ र हाल सिड्नी, क्यानभेरा, मेलबर्न, ब्रिसबेन र एडिलेडका ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ ।

संस्थाका प्रमुख विष्णु प्रसाद अर्यालले भने, “हाम्रा सफलताको मुख्य कारण हाम्रो ग्राहकहरूको विश्वास र सद्भाव हो । यो पुरस्कारले हामीलाई अझ उत्कृष्ट सेवा दिन प्रेरित गरेको छ।”

अर्यालको भनाई छ -‘ यो पुरस्कारले हाम्रो कार्यशैली र प्रतिबद्धता प्रति हाम्रो आत्मबल बढाएको छ। हामी सेवा र सुविधासहितको उत्कृष्ट लोन प्रक्रिया प्रदान गर्न अझ प्रतिबद्ध छौं -‘ । यो सफलता र सम्मानले फिन कनेक्सलाई बजारमा अझै बलियो, भरपर्दो र बिश्वासिलो संस्था बनाउन मद्दत गरेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update