NRN
ह्यारिस पार्कमा पनि फोर नेसन्स

- राजन घिमिरे

शैक्षिक क्षेत्रमा लामो समयदेखी लागि परेको शैक्षिक परामर्शदाता हो फोर नेसन्स इन्टरनेसनल एजुकेसन एन्ड भिषा सर्भिसेज ।

संस्था बिस्तार हुने क्रममा अब सिड्नीको ह्यारिस पार्कमा पनि पुगेको छ । सन् २००६ देखि शैक्षिक परामर्श सेवामा समर्पित फोर नेसन्स इन्टरनेसनल एजुकेसन एन्ड भिषा सर्भिसेजको ह्यारिस पार्कको शाखा १९ औँ शाखा हो ।

फोर नेसन्सले नेपालीको ठूलो संख्या रहेको ग्रानभिल क्षेत्रलाई मध्यनजर गर्दै ह्यारिस पार्कमा नयाँ कार्यालय खोलेको जानकारी दिएको छ ।

फोर नेसन्स एजुकेसनको नेपालमा दशवटा, भारतमा पाँच स्थानमा र भियतनाममा एउटाका साथै अस्ट्रेलियामा सिड्नी र मेलवर्नमा पारमर्श केन्द्र छन् -‘ अनुभवी परामर्शदाता र इमिग्रेसन एजेन्टमार्फत नेपालीलगायत दक्षिण एसियाली विद्यार्थीलाई लक्षित गरेर ह्यारिस पार्कमा नयाँ कार्यालय स्थापना गरिएको हो -‘ संस्थाका निर्देशक तथा अस्ट्रेलियाली शैक्षिक परामर्श केन्द्रहरूको छाता संगठन एकाका अध्यक्ष कोमलराज पाठकले भने ।

यसैगरी फोर नेसन्सका संस्थापक मन खत्रीले आफ्नो संस्था बिध्यार्थीहरूको सेवा र सुबिधाका लागि लामो समयदेखी लागि पर्दै आएको र बिध्यार्थीहरूको बिश्वास जित्न सफल भएर अगाडि बढिरहेको जानाकरी दिए ।

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update