-1748759140.jpg)
- राजन घिमिरे
यतिबेला अष्ट्रेलियामा अन्य बिधा र क्षेत्र जस्तै शैक्षिक क्षेत्रमा पनि नेपालीहरूले सफलता हात पार्न थालेका छन् ।
यस्तै, लामो समयदेखि प्राविधिक शिक्षालयका रूपमा पहिचान बनाएको किङ्सफोर्ड इन्टरनेसनल इन्स्टिीच्युटले उच्च शिक्षामा फड्को मारेको छ ।
यस कारण पनि किङ्सफोर्ड बिध्यार्थीहरू बीच चर्चित र स्थापित छ । विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आएको किङ्सफोर्ड कलेजले आगामी दिनमा इन्फेरमेसन टेक्नोलोजीमा ब्याचलर लेभलको अध्ययन सुरु गर्ने भएको छ । -‘ बिध्यार्थीहरूबाट पाएको साथ र लामो समयको प्रयास अनि गुणस्तरीय शैक्षिक निरन्तरतापछि हामीले यो सफलता हात पारेका हौं -‘ कलेजका संचालक राज खनाल र भिम खरेलले भने ।
पछिल्लो समय अस्ट्रेलियाको शैक्षिक क्षेत्रमा नेपालीको प्रवेश बढ्न थालेको छ । यस कारणले पनि अष्ट्रेलियाको उच्च शिक्षा प्रदान गर्ने निकायमा पनि नेपालीहरूले शानदार उपस्थिति जनाउन थालेको छन् ।
विश्वविद्यालयका अनुभवी प्राध्यापकहरूको बोर्ड रहेको किङ्सफोर्ड इन्स्टिीच्युट अफ हाइयर एजुकेसनले ब्याचलर अफ आईटीबाट गुणस्तरीय शिक्षालाई पहिलो प्राथमिकतामा राख्ने संचालकहरूले बताएका छन् ।