
- राजन घिमिरे
नेपाली स्वाद र परिकारलाई मम मार्फत बिश्व माँझ पुर्याई रहेको 8848 मम हाउस यतिबेला चर्चामा छ । अष्ट्रेलियाबाट शुरू भएको 8848 मम हाउस अहिले यूरोप हुंदै अमेरिका लगाएतका मूलुकहरूमा पुगि सकेको छ ।
पुरा अष्ट्रेलिया राम्रो उपस्थिति जनाएको 8848 मम हाउस सिड्नीको पारामाटामा सन्चालनमा आएको एक बर्ष पुरा भएको छ ।
यो बीचमा पारामाटा वरीपरी राम्रो बजार पाएको 8848 मम हाउसले पारामाटामा सन्चालन भएको पहिलो बर्ष पुरा गरेर दोस्रो बर्ष लागेको अबसर पारेर सांगितिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
8848 मम हाउसका प्रमुख होम प्यासीले मे २४ तारेख शनिबारका दिन पारामाटामा रहेको 8848 मम हाउसमा साँझ ४ बजेदेखी सांगीतिक प्रस्तुतिको साथमा मम लगाएतका नेपाली स्वादका खानेकुराहरू खान पाईने जानकारी दिएका छन ।
त्यो दिन गायक आदेश पौडेलले गीत -संगीत प्रस्तुत गरेर पाहुनाहरूलाई स्वागत गर्ने भएका छन । त्यो साँझ पारामाटामा रहेको 8848 मम हाउसले बिभिन्न रमाईलो कार्यक्रमहरूको पनि आयोजना गर्ने भएको छ ।