NRN
पहिलो बिश्व युद्द अघिको खुकुरी सिड्नीको बाणिज्य दूताबासलाई हस्तान्तरण

- राजन घिमिरे

प्रथम विश्वयुद्धअघि पपुवा न्यू गिनी भ्रमणको क्रममा गोर्खाद्वारा अष्ट्रेलियाली लेफ्टिनेन्ट रेजिनाल्ड थोमस गिलिगनलाई प्रदान गरिएको खुकुरी नेपाल कन्सुलनेट, न्यू साउथ वेल्सलाई हस्तान्तरण गरिएको छ।

यो खुकुरी पुस्तौंपुस्ता हुँदै अहिले उनको नातिनी ट्रिश ह्यागगर्टीले सम्झना र सम्मानको प्रतीक स्वरूप नेपाल कन्सुलनेट, न्यू साउथ वेल्सलाई हस्तान्तरण गर्नु भएको हो ।

लेफ्टिनेन्ट गिलिगन ५४औं बटालियन ५औं अष्ट्रेलियन डिभिजनका सदस्य थिए । उनले वेस्टर्न फ्रन्टमा वीरतापूर्वक लडेका थिए । उनी फ्रोमेल्सको युद्ध तथा सन् १९१८ को अन्तिम मित्र राष्ट्रहरूको आक्रमणबाट जीवित फर्किएका थिए।

खुकुरी प्राप्त गरेपछी अष्ट्रेलिया, न्यू साउथ वेल्सका लागि नेपाली बाणिज्य दूत सन्जिब कुमार शर्माले विगतको एक स्मरणीय उपहार हात पर्दा आफूहरु गौरवान्वित भएको कुरा बताए -‘ ऐतिहासिक खुकुरी उपलब्ध गराई दिनु भएकोमा हामी मनबाटै हार्दिक धन्यबाद दिन चाहन्छौ -‘ शर्माले अगाडि भने -‘ अगाट्रिश र पीटर ह्यागगर्टीलाई हामी गहिरो धन्यवाद दिन चाहन्छौं, जसले अष्ट्रेलिया र नेपालको ऐतिहासिक सम्बन्ध जोगाएर राख्न सहयोग गर्नु भयो -‘ ।

बाणिज्य दूत शर्माले ऐतिहासिक धरोहरलाई उपयुक्त सम्मानसहित स्थायी रूपमा राख्ने व्यवस्था मिलाउँने जानकारी दिंदै सम्भवतः नेपालकै राष्ट्रिय संग्रहालयमा राखिन सकिने पनि बताएका छन ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update