प्रधानमन्त्री प्रचण्ड भेट्न ओली बालुवाटारमा
शुक्रबार, फागुन १२, २०७९

बालुवाटारमा चार दलका शिर्ष नेताको बैठक सुरु
शुक्रबार, फागुन १२, २०७९
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एससहित ४ दलको बैठक वालुवाटारमा सुरु भएको छ । राष्ट्रपति निर्वाचनका बारेमा राजनीतिक दलहरु बिच रस्साकस्सी भईरहेको बेला प्रधानमन्त्री निवास वालुवाटारमा बैठक सुरु भएको हो ।

सरकारको नीतिगत खोटको आलोचना गर्नुपर्छ : अध्यक्ष बिजुक्छेँ
बिहीबार, फागुन ११, २०७९
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले शासक दलहरुले सिद्धान्त र दर्शनलाई भन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राख्दा देश दुर्घटनातिर जाने सम्भावना रहेको उल्लेख गर्दै नयाँ पुस्ताका विद्यार्थीहरुलाई विश्वको इतिहास र भूगोलबारे राम्रोसँग सिकाउन जरुरी रहेको बताएका छन् ।

प्रहरीको खोजी सूचीमा रहेका लक्ष्मी महतो कोइरी राष्ट्रपति निर्वाचनको मतदाता
बिहीबार, फागुन ११, २०७९
कर्तव्य ज्यान मुद्दामा प्रहरीको फरार सूचीमा रहेका संसद लक्ष्मी महतोको नाम राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा समावेश गरिएको छ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका कोइरी महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । तर, गृहमन्त्रालयसमेत विज्ञप्ति निकालेर उनलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।

रवीन्द्र मिश्रको प्रस्ताव- ज्ञानेन्द्र शाहलाई राष्ट्रप्रमुख बनाऔँ
बुधबार, फागुन १०, २०७९
राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राष्ट्रप्रमुख बनाउन प्रस्ताव गरेका छन् । राष्ट्रपतिमा दलीय सहमति नजुटिरहेका बेला मिश्रले राष्ट्रपतिको भूमिका पार्टीगत रहेको भन्दै राष्ट्रप्रुमखमा ज्ञानेन्द्र शाहको नाम प्रस्ताव गरेका हुन् ।

राष्ट्रपति निर्वाचन प्रक्रिया सुरु, ८८१ जना मतदाताको नामावली सार्वजनिक
बुधबार, फागुन १०, २०७९
राष्ट्रपति पदको निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचन आयोगले बुधबार राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवारलाई मतदान गर्ने ८८१ जना मतदाताको नामावली सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री प्रचण्डको प्रस्ताव– १२ बुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिऔँ
सोमबार, फागुन ८, २०७९
प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२ बुँदे समझदारी पक्षधर एक ठाउँमा उभिनुपर्ने बताएका छन् । सोमबार पोखराको लेखनाथमा नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको छैटौं पूर्ण बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरू फेरि पनि...

राष्ट्रियताको रक्षाका निम्ति फ्रन्टलाइनमा छु : प्रधानमन्त्री
शुक्रबार, फागुन ५, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैं फ्रन्टलाइनमा रहेको बताएका छन् । राष्ट्रिय जनमोर्चाका नेताहरूसँग शुक्रबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन ।

प्रधानमन्त्रीलाई भेट्न केपी ओली बालुवाटारमा
बिहीबार, फागुन ४, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सत्तासाझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीबीच राजनीतिक तथा समसामयिक विषयमा छलफल भएको छ ।

नेपालमा आफू अनुकूलको राष्ट्रपति बनाउन शक्ति राष्ट्रको चलखेल : चित्रबहादुर केसी
बुधबार, फागुन ३, २०७९
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा आफू अनुकूलको राष्ट्रपति बनाउन शक्ति राष्ट्रको चलखेल भएको बताएका छन् ।

ड्रोन उडाएर अनेरास्ववियुको महाधिवेशन सुरु, सहमतिमा नेतृत्व चयन गर्न केपी ओलीको सुझाव
मंगलबार, फागुन २, २०७९
एमालेनिकट अनेरास्वियुको २३औं राष्ट्रिय महाधिवेशन सुरू भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले ड्रोन उडाएर अनेरास्ववियुको महाधिवेशनको उद्घाटन गरेका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष नेपाल र भारतीय बिदेशसचिव बिच भेटवार्ता
मंगलबार, फागुन २, २०७९
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र भारतीय बिदेश सचिव बिनय मोहन क्वात्रा बिच भेटवार्ता भएको छ ।