NRN
राष्ट्र बैंकले १ र २ रुपियाँ दरका सिक्का छपाईका लागि ग्लोबल टेन्डर आह्वान

फाइल तस्बिर ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ रुपियाँ दरका ४० करोड थान (४०० मिलियन) र २ रुपियाँ दरका ३० करोड थान (३०० मिलियन) चलनचल्तीका सिक्का डिजाइन, छपाई तथा ढुवानीका लागि ग्लोबल टेन्डर आह्वान गरेको छ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै अन्तर्राष्ट्रिय सेक्युरिटी मिन्टिङ कम्पनीहरूबाट शिलबन्दी बोलपत्र माग गरेको हो ।

सार्वजनिक खरिद ऐन, २०६३ अनुसार कालोसूचीमा परेका व्यक्ति वा संस्था तथा तिनका सञ्चालक संलग्न रहेका कम्पनीहरूले बोलपत्र प्रक्रियामा सहभागी हुन नपाउने सूचनामा उल्लेख छ । 

प्रकाशित मिति: सोमबार, असोज १९, २०८३  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update