ह्वार्र पानी पर्ने र रोकिने क्रम कहिलेसम्म?
दसैं सुरू हुन अब केहि दिन मात्रै बाँकी छ। गाउँघर फर्किने तयारीमा रहेका यात्रु हुन् वा किनमेल र दसैंको तयारीमा जुटेका परिवार यतिबेला धेरैको चासो एउटै छ, मौसम कस्तो होला? पछिल्ला केही दिनको मौसम भने अनुमान गर्न त्यति सजिलो छैन।
बिहान आकाश खुलेको हुन्छ। केही बेरमै बादल जम्मा हुन्छन् र एक्कासि ह्वार्र पानी पर्छ। फेरि केही छिनमै पानी रोकिएर टन्टलापुर घाम लाग्छ। आज बुधबार पनि देशका धेरै भूभागमा मौसमले यसरी नै आफ्नो रूप फेरिरह्यो।
आइतबारबाटै देखिन थालेको यो क्रम शनिबारसम्म जारी रहने मौसमविदहरूले बताएका छन्।उनीहरूका अनुसार, शनिबारसम्म छिटपुट र ठाउँ अनुसार फरक फरक परिमाणको वर्षा भइरहे पनि आइतबारदेखि वर्षाको सम्भावना घट्दै जानेछ।
प्रकाशित मिति: बुधबार, असोज २१, २०८३ १७:५७
प्रतिक्रिया दिनुहोस्


