नयां जोश, उमंग , उत्साह र आत्मबल बोकेर अभिनेता दिल श्रेष्ठको नेपाली सिनेमा बृत्तमा पुनरागमन भएको छ । यसअघि केही सिनेमा, म्यूजिक भिडियो र टेलि बिज्ञापनहरूमा आफ्नो कौशलता प्रस्तुत गरिसकेका उनि सफल यूबा ब्याबसायी पनि हुन । थु्प्रै सामाजिक सन्देश मूलक डकुमेन्ट्रीहरूमा काम गरिसकेका दिल बैंक र बित्तिय संस्थाहरूको ब्राण्ड ऐम्बेष्डर पनि भैसकेका छन । ब्याबसायिक क्षेत्रमा ब्यस्त रहनु परेकाले केही समय अभिनय बिधाबाट टाढा रहेका दिल अब भने अभिनय यात्रालाई निरन्तरता दिने उद्देश्य लिएर चलचित्र मैदानमा उत्रिएका छन ।
लामो समयको अन्तरालपछि दिलको माया भनेकै यस्तो होला मार्फत नेपाली चलचित्रमा कम्ब्याक भएको हो । नेपाली चलचित्र क्षेत्रमा निर्माण, अभिनय र निर्देशन बिधामा बिशिष्ट पहिचान बनाउंन सफल रेखा थापाले दिलको क्षमता र दक्षतामाथि बिश्वास गरेकै कारण दिलको नेपाली चलचित्रमा पुनरगमन भएको हो ।
चलचित्र माया भनेकै यस्तो होलालाई रेखा थापाले निर्देशन गरेकी हुन । यसै साता मात्र छायांकन सकिएको यो चलचित्रमा दिलको साथमा मदनकृष्ष श्रेष्ठ, निती शाह, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र उषा खड्गी गरेर चार पुर्ब मिस नेपालहरूको जमघट रहेको छ । एक त रेखा थापाको निर्देशन अर्को कुरा चार मिस नेपाल अनि दिल श्रेष्ठको पुनरागमन, यि कुराहरूले पनि यतिबेला चलचित्र माया भनेकै यस्तो होलाको चर्चा चुलिएको छ बजारमा । तीन मिस नेपाल र दिल श्रेष्ठको वरीपरी कथा घुमेको बुझिएको छ -‘ चलचित्रको मर्म , कथा र पाटो निकै बलियो छ ।
यो कथालाई निर्देशक रेखा थापाले निकै मन छुने सफल तरिकाले संयोजन गर्नु भएको छ । छायांकार सुदीप बरालको उत्कृष्ट छायांकनसंगै पुरा फिल्म यूनिटले राम्रो काम गरेका कारणले पनि चलचित्रले दर्शकहरूको मन जित्ने कुरामा हामी बिश्वस्त छौं -‘ दिलले बताए । त्यसो त, आफ्नो पुनरागमन भएको चलचित्र भएका कारण पनि दिलले चलचित्रमा निकै मिहेनत गरेको चर्चा बजारमा चलेको छ ।
पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा केही गर्ने जोश र उत्साह बोकेर प्रबेश गर्ने अभिनेताहरूको खडेरी लागेको समयमा चलचित्र माया भनेकै यस्तो होला मार्फत बजारमा छाउंन लागेका दिलले नेपाली चलचित्र बृत्तमा छलांग मार्ने गाईंगुई सुनिन थालिएको छ ।


