NRN
जर्मन होम्स् होटलको 'न्यू इयर इभ सेलिब्रेसन २०८३'मा गुन्जिँदै गायक विश्व नेपाली

नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा गठ्ठाघरमा अवस्थित जर्मन होम्स् होटलले 'न्यू इयर इभ सेलिब्रेसन' गर्ने भएको छ । कार्यक्रममा चर्चित गायक विश्व नेपाली र उनको ब्याण्डको लाइभ प्रस्तुति मुख्य आकर्षणका रूपमा रहनेछ । कार्यक्रमलाई रेडियो जकी महिना भट्टराईले सञ्चालन गर्नेछिन् ।  

त्यस्तै नृत्य प्रस्तुतितर्फ रोसिका राउत (डान्स च्याम्पियन नेपाल सिजन १ की विजेता) र विरेन श्रेष्ठ (नेपहोलिक क्रु, डान्स प्लस सिजन ३) को विशेष प्रस्तुति रहनेछ । यससँगै लोकप्रिय डीजेहरूको प्रस्तुति, सांस्कृतिक कार्यक्रम तथा आकर्षक काउन्टडाउन सेलिब्रेसनले कार्यक्रमलाई अझ जीवन्त बनाउने होटल व्यवस्थापनले जनाएको छ । 'न्यू इयर इभ सेलिब्रेसन' सङ्गै सोही समयमा होटलमा नयाँ कोठा लन्च समेत गरिने जर्मन होम्स् ले जनाएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा उदाउँदै गरेको आधुनिक आतिथ्य गन्तव्यका रूपमा आफूलाई स्थापित गर्दै आएको सो होटलले सेवा विस्तारसँगै पर्यटक तथा ग्राहकलाई नयाँ अनुभव दिने लक्ष्य राखेको जनाएको छ । 

कार्यक्रममा सहभागी पाहुनाका लागि असीमित गाला डिनर, विविध परिकारसहितको फुड एन्ड बेभरेज सेवा तथा परिवार, कर्पोरेट समूह र पर्यटकलाई लक्षित विशेष आतिथ्य व्यवस्था गरिएको छ ।  होटल व्यवस्थापनका अनुसार गठ्ठाघर क्षेत्रलाई नयाँ पर्यटन तथा लाइफ स्टाइल हबका रूपमा विकास गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको हो ।

कोटेश्वरबाट करिब पाँच मिनेटको दूरीमा अवस्थित होटल सहज पहुँचका कारण पनि आकर्षणको केन्द्र बन्दै गएको छ । होटलमा करिब २५० जना अट्ने क्षमताको रेष्टुरेन्ट, खुला आँगन (कर्टयार्ड), टेरेस, निजी डाइनिङ स्पेस तथा विभिन्न कार्यक्रमका लागि उपयुक्त २००० जना अट्ने बलरुम साथै सेमिनारका लागी ३००० जना अट्ने हलको सुविधा उपलब्ध छ । यसले विवाह, पार्टी, कर्पोरेट मिटिङ, सम्मेलनका कार्यक्रमका लागि एकीकृत गन्तव्यका रूपमा सेवा दिने लक्ष्य लिएको छ ।

 

प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update