NRN

Maya1-1775475211.jpg
काठमाडौ, फिल्म ‘माया भनेकै यस्तो होला’ को शूटिंग सकिएको छ । २७ दिनमा आइतबार यो फिल्मको सुटिंग सकिएको हो । यो फिल्ममार्फत अभिनेत्री रेखा थापा ८ वर्षपछि निर्देशनमा फर्किएकी छन् । ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता फिल्म निर्देशन गरिसकेकी रेखाको यो तेस्रो निर्देशकीय फिचर हो ।

‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण भएको फिल्ममा नेपाली कला क्षेत्रका दिग्गजदेखि वर्तमानका चर्चित अनुहारको जम्बो टोली रहेको छ । फिल्ममा कलाकार मदनकृष्ण श्रेष्ठको साथमा पूर्व मिस नेपालहरू निती शाह , सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ अभिनेत्रीको रूपमा देखिएका छन भने अभिनेताको रूपमा दिल श्रेष्ठको मुख्य भूमिका रहेको छ । फिल्ममा अर्की पूर्व मिस नेपाल उषा खड्गीको पनि अभिनय रहेको छ।

यस हिसाबले चलचित्रमा एक साथ चार मिस नेपालहरू समेटिएका छन । फिल्मका अन्य कलाकारहरूमा लक्ष्मी गिरी,, विशाल पहाडी, संगम भण्डारी, रबि डंगोल बेमान , सुनिता श्रेष्ठ र बिनोद पौडेल लगायतको पनि अभिनय रहेको छ । हरिनारायण श्रेष्ठ र मायादेवी श्रेष्ठ निर्माता रहेको फिल्मले प्रेमकथाका माध्यमबाट सामाजिक भावनालाई उठान गरेको छ । ध्रुब लम्सालको लेखन र सुदीप बरालको छायांकन रहेको यस फिल्मको निर्माण ब्यबस्थापक प्रमुखमा सि एम भारद्वाज सुबेदी रहेका छन् । तिजको अबसर पारेर फिल्मको रिलिज गरिने भएको छ ।

प्रकाशित मिति: सोमबार, चैत २३, २०८२  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update