NRN

Pic-1767075511.jpg
काठमाडौ, रास्वपाले बुझाएको बन्द सूचीमा केही चर्चित अनुहार पनि रहेका छन्। पूर्व मिस नेपाल अनुष्का समानुपातिक सूचीमा परेकी छन्।  चर्चित लोक दोहोरी गायक प्रकाश सपुत समानुपातिक सूचीमा छन्।

उनी सूचीको ७४ औं नम्बरमा छन्। दलित क्लस्टरबाट उनी दोस्रो नम्बरमा छन्। क्लस्टरको पहिलो नम्बरमा रूपक विश्वकर्मा घिमिरे छन्। त्यस्तै अभिनेत्री रीमा विश्वकर्मा पनि रास्वपाको समानुपातिक सूचीमा परेकी छन्। उनी दलित महिला क्लस्टरबाट पहिलो नम्बरमा परेकी छन्।

फिल्म निर्माता, टेलिभिजन प्रस्तोता आसिफ शाह मुस्लिम क्लस्टरबाट पहिलो नम्बरमा छन्। गायिका सत्यकला राई र त्रिसाला गुरूङ पनि सूचीमा छिन्। त्यस्तै क्रिकेटर ज्ञानेन्द्र मल्ल  आदिवासी जनजाति क्लस्टरको पाँचौं नम्बरमा छन्।

 
प्रकाशित मिति: मंगलबार, पुस १५, २०८२  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update