बुधबार सेयर बजारमा कारोबारसँगै परिसूचक नेप्से पनि बढेको छ ।
बुधबार सेयर बजार परिसूचक नेप्से ९.६१ अंकले बढेर २६६५ विन्दुमा आइपुगेको छ । बजारसँगै कारोबार रकम पनि वृद्धि भएको छ ।
मंगलबार पाँच अर्ब ८२ करोड रूपैयाँको कारोबार भएको बुधबार ६ अर्ब ६९ करोड रूपैयाँको कारोबार भएको हो ।
कारोबारमा आएका तीन सय २२ मध्ये एक सय ६६ वटाको मूल्य बढेका छन्, एक सय ३६ वटाको सेयर मूल्य घटेका छन् । बाँकीको स्थिर छ ।
वित्त कम्पनी, लगानी, जीवन बीमा, सामूहिक लगानी कोष र निर्जीवन बीमा समूह घटेका छन् भने झापा इनर्जी, सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त र श्री नगर एग्रिटेकको सेयर मूल्य १० प्रतिशत बढेर सर्किट ब्रेक लागेको छ ।
बैंकिङ ०.६६, विकास बैंक ०.१२, होटल तथा पर्यटन ०.९९, हाइड्रोपावर ०.२८, उत्पादन तथा प्रशोधन ०.७४, माइक्रोफाइनान्स ०.७१, अन्य ०.४५ र व्यापार ०.६८ प्रतिशत बढे ।
फाइनान्स ०.१६, लगानी ०.१७, जीवन बीमा ०.३२ तथा निर्जीवन बीमा ०.३३ प्रतिशत घटे । चार कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा सागर डिस्टिलरी, झापा इनर्जी, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रिटेक छन् । त्यस्तै रिभर फल्स पावरको ९.६१, माहुली लघुवित्तको ९.१८, फस्र्ट माइक्रोफाइनान्सको ८.९५ प्रतिशत मूल्य बढ्यो ।
बोटलर्स नेपाल बालाजुको मूल्य सबैभन्दा धेरै ३.९४ प्रतिशत घट्यो । त्यस्तै उन्नति सहकार्य लघुवित्तको ३.८१, शुभम् पावरको ३.६५ तथा बन्दीपुर केबुलकारको ३.६५ प्रतिशत मूल्य घट्यो ।
धेरै कारोबार भएका पाँच कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, बन्दीपुर केबुलकार र हिमालयन रिइन्स्योरेन्स छन् ।
एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको करिब ६२ करोड रूपैयाँको कारोबार भएको छ ।


