NRN
५० अंकले बढेको सेयर बजारमा ७ अर्बको कारोबार

सोमबार सेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ । सोमबार नेप्से ५०.४४ अंकले बढेर २६५०.६६ विन्दु पुगेको हो ।

त्यस्तै, कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब २८ करोडको कारोबार भएकोमा आज ७ अर्ब ३ करोडको भयो । 

२१५ कम्पनीको मूल्य बढ्दा ३७ को घट्यो भने ६ को स्थिर रह्यो ।

जीवन बीमा सबैभन्दा धेरै ४.९४ प्रतिशत बढ्यो । निर्जीवन बीमा २.९९ प्रतिशत, बैंकिङ १.४०, विकास बैंक १.२१, फाइनान्स १.४२, होटल तथा पर्यटन २.२४, हाइड्रोपावर ०.८०, लगानी १.८३, उत्पादन तथा प्रशोधन १.६४, माइक्रोफाइनान्स १.९३, अन्य १.६८ तथा व्यापार ०.७६ प्रतिशत बढे ।

चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा झापा इनर्जी, सागर डिस्टिलरी, बन्दीपुर केबुलकार र श्रीनगर एग्रिटेक छन् ।

श्रीनगर एग्रिटेकको आजैदेखि कारोबार सुरु भएको हो । त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ८.२६, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ८.०१, जोशी हाइड्रोपावरको ७.६३ तथा सन नेपाल लाइफ इन्स्योरेन्सको मूल्य ७.०२ प्रतिशत बढ्यो ।

माबिलुङ इनर्जीको मूल्य सबैभन्दा धेरै ४.४४ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update