सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।
आइतबार प्रतितोला दुई लाख १२ हजार रूपैयाँमा कारोबार भएको सुन नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला २ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४ सय रूपैयाँ घटीको हो ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको छ ।
आइतबार २५ सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला २४ सय ७५ रूपैयाँमा कारोबार भएको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३५ सय ८७ रूपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२ ११:४८
प्रतिक्रिया दिनुहोस्