NRN
कोष्टलाईनले गर्यो अष्ट्रेलिया एण्ड यूके इन्फो सेसन

- राजन घिमिरे

लामो समयदेखी शैक्षिक क्षेत्रमा सक्रिय कोष्टलाईन ऐजुकेशन एण्ड भिसा सर्भिसेस यतिबेला बिध्यार्थीहरू माँझ चर्चित छ । यही ऐजुकेशन सर्भिसेसले काठमाण्डौको न्यू प्लाजामा रहेको आफ्नो कार्यालयमा अष्ट्रेलिया एण्ड यूके इन्फो सेसनको आयोजना गर्यो । सेसनमा अष्ट्रोलिया र यूकेका १५ वटाभन्दा बढी कलेज र यूनिर्भसिटीको सहभागिता रहेको थियो ।

उच्चशिक्षा हांसिल गर्न अष्ट्रेलिया र यूके जान चाहने बिध्यार्थीहरूका लागि यो सेसन निकै फलदायी भएको जानकारी संस्थाका सगुन श्रेष्ठले दिए । बिध्यार्थीहरूले पनि एउटै छानामुनी बैदेशिक शिक्षाको बारेमा आफूहरूले यथेष्ट जानाकरी पाएको प्रतिक्रिया दिएका थिए । त्यो दिन तीन सयभन्दा बढी बिध्यार्थीहरूले सहभागिता जनाएका थिए । बिध्यार्थीहरूले अन द स्पट स्कलर शिप,अफर लेटर र फाईनान्सियल असिस्मेन्ट सम्बन्धि जानाकरी लिन पाएका थिए ।

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update