NRN

TruckAccident5-1767847371-1767849583.jpg
ललितपुरको इमाडोलमा बिहीबार बिहान ट्रक दुर्घटना भएको छ।  बा५ख ८९७७ नम्बरको ट्रक बिहीबार बिहान साढे ५ बजे दुर्घटनामा परेको हो। सडक छेउको रेस्टुरेन्टमा ट्रक पछाडिबाट ठोक्किँदा दुर्घटना भएको थियो।

रेस्टुरेन्टमा ठोक्किएको ट्रकलाई बाहिर निकाल्न क्रेन प्रयोग गरिएको थियो। यसले रेस्टुरेन्टमा भौतिक क्षति पुगेको छ। घटनामा कोही पनि घाइते भएका छैनन्।  दुर्घटनापछि सडक अवरूद्ध भएको छ।

प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update