
- राजन घिमिरे
सेन्ट्रल कलेज चितवनको १७ औं वार्षिकोत्सवको अवसरमा चेपाङ बालबालिकालाई खाद्यान्न र स्टेशनरी सहयोग गरिएको छ । चितवनको कालिका नगरपालिका वडा नं–१० मा रहेको सिद्धी छात्रावासमा सेन्ट्रल कलेज र वाइबी फाउण्डेशनले खाद्यान्न र स्टेशनरी सहयोग गरिएको हो । छात्रावासमा एक औपचारिक कार्यक्रमको आयोजना गरी कलेजका प्रिन्सिपल यज्ञ विलास पौडेल ९वाइबी० ले छात्रावासका सञ्चालक भरत चेपाङलाई ५० हजारबराबरको खाद्यान्न र स्टेशनरी हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा उहाँले शिक्षाको उज्यालो खोज्दै छात्रावासमा बसेर अध्ययन गरिरहेका चेपाङ बालबालिकालाई सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो । सेन्ट्रल कलेजले चेपाङ समुदायका चाडपर्वदेखि विकट कान्दासम्मका नागरिकलाई सहयोग गरेको उहाँले बताउनुभयो । पौडेलले चेपाङ समुदायका युवालाई कलेजले रोजगारी समेत दिएको बताउनुभयो । छात्रावासका अध्यक्ष चेपाङले पुख्र्यौली सम्पत्ति बेचेर चेपाङ बालबालिकाको शिक्षाका लागि छात्रावास सञ्चालनमा ल्याइएको बताउनुभयो ।
आर्थिक अभाव र भौगोलिक विकटताका कारण शिक्षाको पहुँचबाट बाहिर रहेका विकट बस्तीका बालबालिकालाई आवासीय सुविधासहित अध्ययन गराइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले छात्रावासका बालवालिकाहरुलार्य बार्षिक १० लाख बराबरको खाद्यान्न आवश्यक पर्ने भन्दै सबैलाई सहयोग गर्न आब्हान गर्नुभयो । हाल छात्राबासमा ६९ जना बालबालिका अध्ययनरत छन ।