NRN
टेस्ट क्रिकेटबाट कोहलीले लिए संन्यास

भारतीय क्रिकेट टोलीका स्टार ब्याट्म्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् ।

यसअघि नै संन्यासको विषयमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) लाई जानकारी गराएका उनले सोमबार सामाजिक सञ्जालमार्फत् टेस्ट क्रिकेटबाट बिदा भएको जनाकारी गराएका हुन् । 

इंग्ल्यान्डविरुद्धको आगामी पाँच म्याचको टेस्ट सिरिजअघि उनले संन्यास लिएपछि भारतीय टोलीले युवा खेलाडीमा भर पर्नु पर्नेछ । सिरिज जुन २० जुनदेखि सुरु हुँदैछ ।

कोहलीले यसअघि नै टी-२० बाट संन्यास लिएका थिए । अब उनी भारतका लागि एकदिवसीय खेलमा मात्र उपलब्ध हुनेछन् ।

१४ वर्ष लामो टेस्ट करिअरमा उनले १२३ टेस्ट म्याच खेलेर ४६.८५ को औसतमा ९,२३० रन बनाएका छन्, जसमा ३० शतक समावेश छन् । उनले ६८ म्याचमा भारतको कप्तानी गरेका थिए ।

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update