नेदरल्याण्ड्सले जापानसँग अंक बाँड्यो
नेदरल्याण्ड्स र जापानले बराबरी खेलेका छन्।
डालास स्टेडियममा गएराति भएको खेलमा नेदरल्याण्ड्स र जापानले २-२ को बराबरी खेलेका हुन्। खेलमा चार वटै गोल दोस्रो हाफमा भएको थियो।
भर्जिल भ्यान डाइकले ५१ मिनेटमा गोल गर्दै नेदरल्याण्ड्सलाई सुरूवाती अग्रता दिलाए। त्यसको ६ मिनेटमै केइतो नाकामुराले बराबरी गोल फर्काएका थिए।
नेदरल्याण्ड्सका क्रिसेन्सियो समरभिलले ६४ मिनेटमा गोल गरी पुनः अग्रता दिलाए। ८९ मिनेटमा दाइची कमादाले गोल गरेपछि खेल बराबरीमा सकिएको हो।
खेल बराबरीमा सकिएपछि नेदरल्याण्ड्स र जापानले अंक तालिकामा एक-एक अंक जोडेका छन्। समूह ई को अर्को खेलमा आइभोरी कोस्टले इक्वेडरलाई १-० गोलले पराजित गरेको छ।
सोमबार फिलाडेल्फिया स्टेडियममा भएको खेलको अन्तिम मिनेटमा अमद डियालोले गोल गरेपछि इक्वेडर पराजित भएको हो।
प्रकाशित मिति: सोमबार, असार १, २०८३ १६:५९
प्रतिक्रिया दिनुहोस्


