NRN
नवौं पीएम कप एनभीए पुरुष तथा महिला भलिबल लिग पोखरामा हुने

नवौं प्रधानमन्त्री (पीएम) कप एनभीए पुरुष तथा महिला भलिबल लिग पोखरामा हुने भएको छ ।

नेपाल भलिबल संघको आज बसेको कार्यसम्पदान समितिको बैठकले नवौं एनभीए भलिबल लिग पोखरामा गर्ने निर्णय गरेको हो ।

काठमाडौंको कभर्ड हल स्तरोन्नतीको अवस्था रहेको कारण पहिलो पटक एनभिए लिग काठमाडौं बाहिर गर्ने लागिएको संघले जनाएको छ । उक्त निर्णयसँगै एनभीए लिग पोखरा रंगशालास्थित बहुउद्देश्यीक कभर्ड हलमा जेठ ८ देखि १५ गतेसम्म हुनेछ ।

लिगमा पुरुषतर्फ ८ टिम र महिलातर्फ ६ टिमले सहभागिता जनाउनेछन् । प्रतियोगितातर्फ विजेता हुने टोलीले समान ८ लाख पाउनेछन् । उपविजेता हुने टोलीले ४ लाख र तेस्रो हुने टोलीले समान २ लाख पाउने संघले जनाएको छ ।

सर्वोत्कृष्ट खेलाडीलाई समान ५० हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई समान २५ हजार प्रदान गरिने संघले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update