NRN
आईसीसी महिला टी-२० विश्वकप छनोटअन्तर्गत नेपालले पहिलो खेल हङकङसँग खेल्ने

आईसीसी महिला टी-२० विश्वकप छनोटअन्तर्गत नेपालले पहिलो खेल हङकङसँग खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले सोमबार नेपालको खेल तालिका सार्वजनिक गरेको छ । जसअनुसार समूह सी मा नेपाल, हङकङ र बहराइन रहेका छन् ।

मे ९ मेदेखि २० सम्म थाइल्यान्डमा हुने छनोट प्रतियोगितामा नेपालको पहिलो खेल २६ वैशाखमा हङकङ चाइनासँग हुनेछ भने दोस्रो खेल २७ वैशाखमा बहराइनसँग हुनेछ । तेस्रो खेल ३० वैशाखमा हङकङ चाइनासँग र समूहको अन्तिम खेल १ जेठमा बहराइनसँग हुनेछ ।

समूह चरणमा डबल राउण्ड रोविनमा खेल हुनेछ । शीर्ष स्थानमा रहने टोली सुपर राउण्डमा पुग्नेछ । छनोटमा सहभागी ९ टिमलाई तीन समूहमा विभाजन गरिएको छ । तीनवटै टिमले एकअर्कासँग दुई दुई खेल खेल्नेछन् ।

तीनवटै समूहको शीर्ष टोलीले सुपर राउण्ड लिग खेल खेल्नेछन् । त्यसबाट शीर्ष दुई टोली ग्लोबल क्वालिफायरमा पुग्नेछन् ।

हाल भारतमा तयारी गरिरहेको नपाली महिला क्रिकेट टोली उतैबाट थाइल्याण्ड प्रस्थान गर्नेछ ।

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update