
- राजन घिमिरे
बेलायतको प्रबासी जिबनमा लक्ष्मी राईको शान, मान र वाहवाही राम्रै छ । भोजपुरमा जन्मिएर बेलायतलाई कर्मथलो बनाएकी लक्ष्मी यूकेको अल्टसटमा बस्ने गर्छिन् ।
लक्ष्मीले आजसम्मको प्रबासी जिबनमा निकै उतार चढाब भोगेकी छन् । दुखलाई नजिकबाट चिनेकी लक्ष्मी न त दुखमा आत्तिईन् न त सुखमा नै मात्तिईन् । सादा जिबन अनि उच्च बिचार लक्ष्मीको बिशेषता हो । भोजपुरको सामान्य किसानकी छोरी लक्ष्मीले दुख, पिडा र हण्डरलाई नजिकबाट महशुष गरेकी छन् ।
त्यसैले त आज उनी अरूको पिडा र दुख देख्न सक्दिनन् र सहयोग गर्न अगाडि सरि हाल्छिन् । तर लक्ष्मीको दुर्भाग्य, जसलाई सहयोग गर्यो र साथ दियो अन्तत: त्यसले नै उनि माथि घात गर्छ । यस्तो हुंदा भने लक्ष्मीको मन कुंडिएर आउंदो रहेछ ।
लक्ष्मी भन्छिन् -‘ समाजमा यस्ता गलत सोच भएकाहरू पनि छन । तर केही छैन । संसारमा सधै फटाहाहरूको मात्र जगजगी हुंदैन । जसले म माथि घात गरेको छ । त्यो पछि आफै हार खाएर लज्जित हुने छ -‘ लक्ष्मीलाई बिश्वास छ ।
बेलायतदेखी नेपालसम्म लक्ष्मीले गरेको समाजसेवा र दिन दुखीप्रति उनको ब्यबहार अनि समर्पण सांच्चै तारिफ गर्न लायकको छ । जिबनमा आफू मात्र होइन कि अरूपनि बांच्ने बाताबरण बनाउंन सकियो भने त्यो जिबन धन्य हुने कुरा उनले बताईन् -‘ आफू मात्र बांच्नु त के ठूलो कुरा भयो र ? जसरी पनि बांच्न सकिन्छ । मानब भएर जन्मिएपछि अरूको लागि पनि केही गर्न सकियो भने त्यो हो नि सही जिबन -‘ उनले बताईन् ।
यूकेमा नेपालीद्दारा सन्चालित पहिलो ज्वेलेरी न्यू लक्ष्मी ज्वेलर्स कि सन्चालक हुन लक्ष्मी । बेलायतको प्रबासी जिबनमा संघर्षशील अनि सफल महिला उधमीको रूपमा नाम स्थापित गर्न सफल लक्ष्मीले यो ज्वेलरी मार्फत नेपालीहरूलाई उपलब्ध गराएको रोजगारीको पनि चर्चा हुने गरेको छ ।
लक्ष्मीले न्यू लक्ष्मी ज्वेलर्स मार्फत बेलायतमा नेपाली गर गहना, कला र संस्कृतिको बिस्तार जसरी गरिरहेकी छिन्, त्यसको सर्बत्र तारिफ हुने गरेको छ । यूकेमा नेपाली कला र संस्कृति झल्कने कुनै कार्यक्रमको आयोजना भयो भने आयोजक वा स्थानिय नेपालीहरूले लक्ष्मीको गर - गहना र साज सज्जालाई प्रयोग गरि हाल्छन् ।
बेलायतमा रहेका नेपालीहरूको बिश्वास जित्दै अगाडि बढेको न्यू लक्ष्मी ज्वेलर्सको तारिफ राम्रै हुने गरेको छ । तीन लाख नेपालीहरू भएको मूलुक बेलायतमा जन्मिएका दोस्रो पुस्तालाई लक्ष्मीले गर गहना मार्फत नेपाली संस्कृतिको पहिचान गराउने जून सत्कर्म गरेकी छिन्, त्यो कार्यको जति तारिफ गरे पनि कमै हुन्छ ।
बेलायतमा जन्मिएका दोस्रो पुस्ताले बिबाह गर्दा वा अन्य कर्म गर्दा र चाडबाडमा नेपाली गर गहनाहरू प्रयोग गरेको देख्दा लक्ष्मीको मन फुरूंग भएर आउंदो रहेछ -‘ मन नै दंग भएर आउछ र गौरब लाग्छ -‘ उनले भनिन् । सन २००९ मा स्थापना भएको न्यू लक्ष्मी ज्वेलर्सले यतिबेला अन लाईन मार्फत बिश्वका ८४ वटा देशहरूमा सेवा प्रदान गरिरहेको छ । बेलायत लगायत ८४ वटा मूलुकमा न्यू लक्ष्मी ज्वेलर्सका उत्पादनहरू पुग्ने गरेका छन् ।
ब्यापार - ब्याबसायसंगै लक्ष्मीले समाज सेबामा पनि राम्रो उपस्थिति जनाउंदै आइरहेकी छन् । जिबनलाई राम्ररी बुझेकी, जानेकी र पढेकी लक्ष्मीले प्रबासी जीबनबाटै नेपाल र बेलायतलाई जोडने जून काम गरेकी छन्, त्यसको सबैले मुक्त कण्ठले प्रशंसा गर्नै पर्छ ।
बेलायतमा सफल महिला उधमी र ब्यापारीका रूपमा स्थापित लक्ष्मीले बेलायतमा रहेका नेपाली र बिभिन्न संघ- सस्थाहरूबाट साथ र सहयोग पनि पाउंदै आइरहेकी छन् । अब न्यू लक्ष्मी ज्वेलर्सलाई बेलायतसंगै अन्य देशहरूमा पनि बिस्तार गर्ने तयारीमा रहेकी छन लक्ष्मी राई ।
आफ्नो जन्मभूमि नेपालले भार तिर्न आफू सधै चिन्तित रहेको कुरा उनले बताईन् । देशले के दियो भन्दा पनि हामीले देशलाई के दियौ भन्ने सोच्नु पर्ने आजको आबश्यकता भएको ठहर छ उनको ।