NRN
अन्तर्राष्ट्रिय खेलमा पदक विजेतालाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण

प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र कावा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापनकहरूलाई सम्मान र पुरस्कार प्रदान गरेका छन् ।

युवा तथा खेलकुद मन्त्रालयले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा मन्त्रिपरिषदको मंसिर २८ गतेको निर्णयबमोजिम पुस्कार प्रदान गरिएको हो ।

प्रधानमन्त्री ओलीको निर्देशनपछि खेल क्षेत्रमा दिइने पुरस्कारमा कर छुट हुँदै आएको छ ।

गत कात्तिक १ गतेदेखि १४ गतेसम्म काठमाडौंमा भएको साफ वुमन च्याम्पियनसिप फुटबलमा पदक विजेता अमृता जैसी, मुख्य प्रशिक्षक राजेन्द्र तामाङ र व्यवस्थापक वृन्दा देवानलगायत तथा चीनको हाइजाओमा गत असोज १ गतेदेखि ७ गतेसम्म भएको २० औं एसियाली कराँते च्याप्यियनसिफमा पदक विजेता एरिका गुरूङ, मुख्य प्रशिक्षक कुशल श्रेष्ठ लगायतलाई पुरस्कार प्रदान गरिएको छ । 

यस्तै, गत साउन १७ गतेदेखि २० गतेसम्म भूटानको थिम्पुमा भएको कावा बिच महिला तथा पुरुष भलिबल प्रतियोगितामा विजेता कमला पुन, मनिषकुमारी चौधरी, प्रशिक्षक रुपेशकुमार विष्टलाई पुरस्कार प्रदान गरिएको हो।

खेल क्षेबाट अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको गौरव वृद्धिमा महत्वपूर्ण योगदान दिएकामा उहाँहरुलाई सम्मान र पुरस्कार प्रदान गरिएको हो । 

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update