NRN
एनपीएल उद्घाटन खेलका लागि टिकट ‘सोल्ड आउट’

नेपाल प्रिमियर लिग (एनपीएल) उद्घाटन खेलका लागि टिकट ‘सोल्ड आउट’ भएको छ ।

मंसिर १५ गतेदेखि सुरु हुने एनपीएलको उद्घाटन खेलका लागि सबै टिकट ‘सोल्ड आउट’ भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

टिकट बुकिङ यही सोमबारदेखि खुला भएको थियो । मैदानमा भीआइपी र सामान्यतर्फ गरी करिब १२ हजार दर्शक क्षमता रहेको छ । 

उद्घाटन खेलमा टिकटको मूल्य साधारणतर्फ ३ सय र भीआईपीतर्फ ७ सय रुपैयाँ तोकिएको छ । लिग खेलमा एउटा टिकटले दिनको दुबै खेल हेर्न सकिनेछ ।

एनपिएलको उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ड भिड्दैछन् । विराटनगरको मार्की खेलाडी सन्दीप लामिछाने र जनकपुरका मार्की खेलाडी आसिफ शेख छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update