NRN
कालिगण्डकी नदीमा बस खस्दा १७ घाइते
कालिगण्डकी नदीमा बस खस्दा १७ घाइते मुस्ताङको थासाङ ३, धम्पुमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । मुस्ताङबाट पोखरातर्फ आउँदै गरेको म्याग्दी कोरोला यातायात प्रालिको ना ७ ख ७४४० नम्बरको बस बुधबार बिहान साढे ८ बजे धम्पुस्थित सडकबाट कालीगण्डकी नदीमा खसेर दुर्घटना भएको हो ।
पाँच लाख नक्कली नोटसहित तीनजना पक्राउ
पाँच लाख नक्कली नोटसहित तीनजना पक्राउ बाँकेको नेपालगञ्जबाट करिब रु पाँच लाखभन्दा बढी नेपाली नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपालगञ्ज उपमहानगर–२ स्थित न्यूरोडबाट उनीहरुलाई पक्राउ गरेको हो । 
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ सूर्यविनायक नगरपालिका-६ पाण्डुबजारस्थित काभ्रे चौरीदेउराली गाउँपालिका-२ घर भएकी ५२ वर्षीया माया लामाको होटलमा तास खेलिरहेको अवस्थामा माया लामासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 
आन्दोलन फिर्ता, सवारी साधन चल्ने
आन्दोलन फिर्ता, सवारी साधन चल्ने यातायात मजदुरको आयोजनामा भएको आन्दोलन स्थगित भएको छ । आज सिंहदरबारमा सरकारसँग भएको वार्तापछि आन्दोलन स्थगित भएको हो ।
पेरिसडाँडामा मनायो माओवादीले जनयुद्ध दिवस 
पेरिसडाँडामा मनायो माओवादीले जनयुद्ध दिवस  नेकपा माओवादी केन्द्रले आइतबार २८ औँ जनयुद्ध दिवस मनाएको छ । पेरिसडाँडामा आयोजित बिशेष समारोहमा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बिशेष उपस्थितिमा माओवादीका पदाधिकारी तथा नेता कार्यकर्तालगायतको सहभागितामा जनयुद्ध दिवस मनाईएको हो । 
जनयुद्ध राष्ट्रको साझा सम्पत्तिसमेत हो : प्रधानमन्त्री प्रचण्ड
जनयुद्ध राष्ट्रको साझा सम्पत्तिसमेत हो : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली धर्तीमा सञ्चालित जनयुद्ध महान् र युगान्तकारी रहेको जनाएका छन् । २८औँ जनयुद्ध दिवसका अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले युग परिवर्तनको प्रतिनिधित्व गर्ने  ‘जनयुद्ध’ आफैमा ऐतिहासिक र गौरवशाली रहेको बताएका हुन । प्रधानमन्त्री प्रचण्डले जनयुद्धको जगमा स्थापितअधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति रहेकोसमेत उल्लेख...
चिकित्सक संघको हडतालले वीर अस्पतालमा बिरामी अलपत्र
चिकित्सक संघको हडतालले वीर अस्पतालमा बिरामी अलपत्र नेपाल चिकित्सक संघको आन्दोलनका कारण वीर अस्पतालमा बिरामीहरु अलमलमा परेका छन । ट्रमा सेन्टरका एक चिकित्सकमाथी सुरक्षाकर्मीले हातपात गरेको बिरोधमा आज आकस्मिकबाहेक अस्पतालको सेवा सबै ठप्प पारिएको छ । जसका कारण उपचारका लागि अस्पताल आएका बिरामी अलमलमा परेका छन । 
चिकित्सक संघलाई आन्दोलन फिर्ता लिन स्वास्थ्य मन्त्रालयको अनुरोध
चिकित्सक संघलाई आन्दोलन फिर्ता लिन स्वास्थ्य मन्त्रालयको अनुरोध स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल चिकित्सक सङ्घलाई आन्दोलनका कार्यक्रमलाई फिर्ता लिई नियमित काममा फर्कन अनुरोध गरेको छ ।
विवेकशील साझाकाे प्रथम महाधिवेसन सुरू
विवेकशील साझाकाे प्रथम महाधिवेसन सुरू विवेकशील साझा पार्टीकाे प्रथम महाधिवेसन  काठमाडाैंमा सुरू भएकाे छ। लामाे समयदेखि छिन्न भिन्न अवस्थामा रहेकाे साे पार्टीकाे प्रथम महाधिवेसन आजबाट सुरू भएकाे हाे।
Weather Update