प्रहरीको खोजी सूचीमा रहेका लक्ष्मी महतो कोइरी राष्ट्रपति निर्वाचनको मतदाता
बिहीबार, फागुन ११, २०७९
रवीन्द्र मिश्रको प्रस्ताव- ज्ञानेन्द्र शाहलाई राष्ट्रप्रमुख बनाऔँ
बुधबार, फागुन १०, २०७९
राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राष्ट्रप्रमुख बनाउन प्रस्ताव गरेका छन् । राष्ट्रपतिमा दलीय सहमति नजुटिरहेका बेला मिश्रले राष्ट्रपतिको भूमिका पार्टीगत रहेको भन्दै राष्ट्रप्रुमखमा ज्ञानेन्द्र शाहको नाम प्रस्ताव गरेका हुन् ।
राष्ट्रपति निर्वाचन प्रक्रिया सुरु, ८८१ जना मतदाताको नामावली सार्वजनिक
बुधबार, फागुन १०, २०७९
राष्ट्रपति पदको निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचन आयोगले बुधबार राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवारलाई मतदान गर्ने ८८१ जना मतदाताको नामावली सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री प्रचण्डको प्रस्ताव– १२ बुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिऔँ
सोमबार, फागुन ८, २०७९
प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२ बुँदे समझदारी पक्षधर एक ठाउँमा उभिनुपर्ने बताएका छन् । सोमबार पोखराको लेखनाथमा नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको छैटौं पूर्ण बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरू फेरि पनि...
राष्ट्रियताको रक्षाका निम्ति फ्रन्टलाइनमा छु : प्रधानमन्त्री
शुक्रबार, फागुन ५, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैं फ्रन्टलाइनमा रहेको बताएका छन् । राष्ट्रिय जनमोर्चाका नेताहरूसँग शुक्रबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन ।
प्रधानमन्त्रीलाई भेट्न केपी ओली बालुवाटारमा
बिहीबार, फागुन ४, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सत्तासाझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीबीच राजनीतिक तथा समसामयिक विषयमा छलफल भएको छ ।
नेपालमा आफू अनुकूलको राष्ट्रपति बनाउन शक्ति राष्ट्रको चलखेल : चित्रबहादुर केसी
बुधबार, फागुन ३, २०७९
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा आफू अनुकूलको राष्ट्रपति बनाउन शक्ति राष्ट्रको चलखेल भएको बताएका छन् ।
ड्रोन उडाएर अनेरास्ववियुको महाधिवेशन सुरु, सहमतिमा नेतृत्व चयन गर्न केपी ओलीको सुझाव
मंगलबार, फागुन २, २०७९
एमालेनिकट अनेरास्वियुको २३औं राष्ट्रिय महाधिवेशन सुरू भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले ड्रोन उडाएर अनेरास्ववियुको महाधिवेशनको उद्घाटन गरेका छन् ।
एकीकृत समाजवादीका अध्यक्ष नेपाल र भारतीय बिदेशसचिव बिच भेटवार्ता
मंगलबार, फागुन २, २०७९
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र भारतीय बिदेश सचिव बिनय मोहन क्वात्रा बिच भेटवार्ता भएको छ ।
भारतीय बिदेश सचिवको दोस्रो दिन पनि भेटघाट जारी
मंगलबार, फागुन २, २०७९
नेपाल–भारत सचिवस्तरीय संयन्त्रको बैठकमा भाग लिन आएका भारतीय बिदेश सचिव बिनय मोहन क्वात्राले आज पनि आफनो भेटघाटलाई जारी राख्ने भएका छन ।
बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक
आइतबार, माघ २९, २०७९
सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ । प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको हो ।
बालुवाटारमा राजनीतिक संयन्त्रको बैठक जारी
शुक्रबार, माघ २७, २०७९
सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी कार्यालयमा जारी बैठकमा भावी राष्ट्रपति, गठबन्धनभित्र देखिएको अविश्वाससहितका विषयमा छलफल भइरहेको छ ।


