NRN
विकासका लागि नागरिकका सुझाव माग्दै  बलराम वाग्ले

महालक्ष्मी नगरपालिका वडा नम्बर ७ को वडा अध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ‘क्यान्डिडेट क्लब’मा नाम दर्ता गराएका बलराम वाग्लेले वडाको विकास र समृद्धिका लागि स्थानीय नागरिकसँग सुझाव मागेका छन्।

वाग्लेले सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल गर्दै वडा नम्बर ७ लाई व्यवस्थित, समुन्नत र नागरिकमैत्री बनाउन आवश्यक योजना तथा कार्यक्रमबारे स्थानीय बासिन्दाको राय, सुझाव र अपेक्षा संकलन गर्न थालेका हुन्।

उनले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, ढल व्यवस्थापन, सरसफाइ, कृषि, युवा तथा रोजगारी, ज्येष्ठ नागरिकको सुविधा र सामाजिक विकासलगायतका विषयमा नागरिकका सुझाव मागेका छन्।

वडाको वास्तविक आवश्यकता पहिचान गरी विकासका योजना निर्माण गर्न स्थानीय नागरिकको सहभागिता आवश्यक रहेको उल्लेख गर्दै उनले वडाका आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा युवालाई आफ्ना समस्या, आवश्यकता र रचनात्मक सुझाव राख्न आग्रह गरेका छन्।

नागरिकबाट प्राप्त सुझावलाई आफ्नो भावी प्रतिबद्धता तथा घोषणापत्रमा समेट्ने प्रयास गर्ने वाग्लेले बताएका छन्।

उनले वडाको विकास कुनै एक व्यक्तिको सोच र योजनाले मात्र सम्भव नहुने भन्दै स्थानीय आवश्यकता र नागरिकको सहभागिताका आधारमा विकासका प्राथमिकता तय गर्नुपर्ने सन्देश दिएका छन्।

उम्मेदवार छनोटको प्रक्रियामै रहँदा वाग्लेले नागरिकका सुझावलाई आफ्नो भावी योजनासँग जोड्न थालेका हुन्।

प्रकाशित मिति: सोमबार, कात्तिक १६, २०८३  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update