
लामो समयदेखी विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएको एक्सपर्ट एजुकेसनले सेवा विस्तार गरेको छ । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजले न्युजिल्यान्डमा आफ्नो शाखा बिस्तार गरेको हो । एक्सपर्टको यो २५ औं शाखा हो । एक्सपर्ट एजुकेसनका ग्लोबल डाइरेक्टर बद्री अर्यालले न्युजिल्यान्डको अकल्यान्डमा एक्सपर्ट अफिस उद्घाटन गरे ।
न्युजिल्यान्डमा कार्यालय विस्तारपछि नेपाली विद्यार्थीहरूलाई न्युजिल्यान्डमा अध्ययनका लागि जान र त्यहाँ पुगेपछि आवश्यक सहयोग अझै सहज हुने विश्वास ग्लोबल डाइरेक्टर अर्यालले व्यक्त गरे। कार्यक्रममा अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यका लागि नेपाली वाणिज्यदूत सञ्जीव शर्मा तथा न्युजिल्यान्डका लागि नेपालका वाणिज्य दूत दिनेश खड्कालगायतको उपस्थिति थियो ।
अस्ट्रेलियाको सिड्नीबाट सन् २००३ मा सुरु भएको शैक्षिक परामर्श सेवा अहिले विश्वका ९० भन्दा बढी कार्यालयबाट उपलब्ध छन् । एक्सपर्टले विश्वभरका विद्यार्थीका लागि अस्ट्रेलिया, न्युजिल्यान्ड, यूके, क्यानडा र यूएसएका युनिभर्सिटी तथा कलेजहरूमा भर्नाका लागि परामर्श सेवा प्रदान गर्ने गर्छ ।


