प्रबासमा रहेर नेपाली गीत - संगीतमा लागि परेकी एक सर्जक हुन बिन्दु पौडेल । लामो समयदेखी अष्ट्रेलियालाई कर्मथलो बनाउंदै आएकी बिन्दुले अष्ट्रेलियाबाटै नेपाली गीत - संगीतलाई निरन्तरता दिंदै आइरहेकी छिन । यसै क्रममा यो साता उनले जिन्दगी के छ र बोलको गीत बजारमा ल्याएकी छिन ।
अष्ट्रेलियाको दिदी बहिनी इभेन्ट्सकी प्रमुख बिन्दु त्यहां नेपालबाट कलाकारहरू लगेर सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने आयोजकको रूपमा पनि अरूभन्दा अगाडि छिन । अष्ट्रेलियामा स्थापित र बिशिष्ट पहिचान बनाएकी बिन्दु को यो नयां गीतमा शिब हमालले स्वरमा साथ दिएका छन ।

गीतको भिडियोमा गायिका पौडेल र कलाकार सागर लम्साल ( बले ) को अभिनय रहेको छ । भिडियोको कोरियोग्राफर र निर्देशन भने प्रकाश भट्टको रहेको छ । गितको लिंक https://youtu.be/TyLLnGHI9Bk


